७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

लीलाधर वली

घोराही, । दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१८ कालिका टोलमा रा ७ प ३१८६ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा रूकुम पूर्व भुमे गाउँपालिका-१ निवासी २७ वर्षीय आदर्श पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक मल्लले जानकारी दिनुभएको छ । उहाँका अनुसार मोटरसाईकलमा सवार सोही ठाउँ निवासी ३५ वर्षीय रामकुमार पुन गम्भीर घाइते हुनुभएको छ ।

पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मल्लले जानकारी दिनुभयो । प्रहरीका अनुसार दुबै जना घोराही उपमहानगरपालिका-१८ मा डेरा गरी बस्दै आउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार