गणेश खनाल
अर्घाखाँची । ताराखाेला गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत मंसिर ११ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृतको व्यवस्थापन गरि ताराखोला गाउँपालिका पठाएको छ ।
ताराखोला गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी घिमिरे आउनुभएको छ । घिमिरेलाई ताराखोला गाउँपालिकाले एक कार्यक्रम गरि स्वागत गरेको छ ।
स्वागत कार्यक्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर वि.क. हिमाल, उपाअध्यक्ष भिम बहादुर रोका, निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रकाश गैरे शाखागत प्रमुखहरुले फुलमाला लगाई स्वागत गर्नुभएको हो । स्वागत पछि प्रमुख प्रशासकिय अधिकृत घिमिरेले जनप्रतिनिधीले लिएको काम सम्पादन गर्ने जिम्मा लिन्छु । कसैले नितिगत सेवा सुविधा बाहेकका बाँकी सुविधा नपाउने बताउनु भयो । सबै कर्मचारिलाई समान व्यावहार गर्ने र सबै कर्मचारि जिम्मेवारिका हिसावले समान भएको बताउनु भयो । उहाँले आफु कार्यालय बाहिर हुदा कार्यालय सहयोगीलाई अबगत गराउने बताउदै सबै कर्मचारी समान भएको बताउनु भयो ।
स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष धन बहादुर विक हिमालले यस गाउँपालिकाका कार्य गरिरहदा गाउँपालिकाको विकास तथा प्रशासनिक कार्यक्रमा महत्वपूर्ण कार्य हुनेमा विश्वास लिएको बताउनु भयो ।साथै अहिले सम्मको कार्य सम्पादनले ताराखोला गाउँपालिका उदाहरणीय भएको बताउदै यो अवस्था सम्म लिनको लागि महत्वपूर्ण कार्य गर्ने पालिकाका सम्पुर्ण कर्मचारिलाई धन्यवाद दिनुभएको छ ।त्यसै गरी गाउँपालिकाका उपाअध्यक्ष भिम बहादुर रोकाले संघियता अनुरुपमा कार्य गर्न जनप्रतिनिधी र कर्मचारीको कार्यले विश्वास दिलाउनु पर्ने बताउनु भएको थियो । स्वागत कार्यक्रममै निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रकाश गैरेले आफुले १६ महिना कार्य सम्पादनमा काम गर्दा सहयोग गर्ने सम्पुर्ण कर्मचारी लाई धन्यवाद दिदै कार्य सम्पादनमा सवै कर्मचारिले एक भएर कार्य गर्नुपर्ने बताउनु भयो । ताराखोला गाउँपालिकामा १६ महिना सम्म निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रकास गैरेबाट कार्य सम्पादन हुदै आएको थियो ।
नव आगन्तुक प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी घिमिेरेले ताराखोला गाउँपालिका अन्य पालिकाको तुलनामा निकै राम्रो भएको बताउदै पालिका यो अवस्थामा आउनको लागि पालिकाको सबै कर्मचारिको योगदान गरेको बताउदै यहाँको जनप्रतिनिधीले लिएको कार्य सम्पादनको जिम्मा लिने बताउनु भयो । आफुले कार्य गर्दा सबैलाई समान व्यवहार गर्ने बताउनुभयो । साथै पालिकाले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको बताउदै स्वास्थ्य शाखा मार्फत सबै स्वास्थ्य कर्मचारीलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा ताराखोला गाउँपालिकाका वडा अध्यक्षहरु, शाखागत प्रमुखहरु , वडा सचिवहरुको उपस्थिति थियो । कार्यक्रम ताराखोला गाउँपालिकाका सुचना अधिकारी जित बहादुर सुनारले संचालन गर्नु भएको थियो ।