२८ पुस २०८१, आइतवार
२८ पुस २०८१, आइतवार

खेलको पहिलो सुरुवातीमा नेपाल ‘ए’ क्यानडासँग ४ विकेटले पराजित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ। जितका लागि दुई सय १७ रनको लक्ष्य पाएको क्यानडाले ६ विकेट गुमाएर भेट्टाएको थियो।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय १६ रनको योगफल बनाएको थियो।

नेपाल ‘ए’ का लागि बसिर अहमदले सर्वाधिक ५० रनको योगदान दिए। उनले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ५० रन बनाएका हुन्। त्यसैगरी रासिद खानले ४० रन बनाए भने मयन यादवले ३५ रन जोडे। किरण ठगुन्नाले २५, विवेककुमार यादवले २१ र सन्दीप जोराले १४ रन बनाए।

क्यानडका लागि कप्तान साद बिन जाफले तीन विकेट लिए भने इश्वरजीत सोहीले दुई विकेट झारे। त्यस्तै डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले समान एक÷एक विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार