पोर्चुगल पठाउने भन्दै आठ लाख ठगी गर्ने पक्राउ

काठमाडौं। प्रहरीले पोर्चुगल पठाउने भन्दै आठ लाख ३० हजार रुपियाँ रकम ठगी गर्ने २६ वर्षीय समीरकुमार कर्णलाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार कर्णले सम्पूर्ण तामाङलाई पोर्चुगल जान १६ लाख रुपियाँ लाग्ने र पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङको काममा मासिक तलब एक लाख ५० हजार रुपियाँ हुने भनी विश्वास दिलाएर प्रलोभनमा पारेका थिए ।

प्रहरीका अनुसार स्थायी घर चितवन खैरेनी नगरपालिका वडा नम्बर २ घर भएर हाल भक्तपुर सूर्यविनायक नगरपालिका बालकोट बस्दै आएका उनलाई काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ बानेश्वर पानीट्याङ्कीबाट पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार