२२ मंसिर २०८१, शनिबार
२२ मंसिर २०८१, शनिबार

बलम्बु प्रहरी कार्यालयभित्रै गोली चल्यो, प्रहरी निरिक्षक नियन्त्रणमा

काठमाडौं । प्रहरी प्रभाग बलम्बुमा पेस्तोल पड्किएको छ । आज साँझ ५ बजेतिर प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठको पेस्तोल पड्किँदा एक जना घाइते भएका हुन ।
उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाका अनुसार इन्सपेक्टर श्रेष्ठको पेस्तोल दुर्घटनावस पडकिएको हो ।
एआइजी थापाका अनुसार इन्स्पेक्टरले आफ्नो ड्युटी सकेर पेस्तोल बुझाउनेक्रममा दुर्घटनावश पड्किएर आफ्नै बडिगार्ड सिपाही आशिष जैसवाल घाइते भएका हुन । प्रहरीले इन्स्पेक्टरले ड्युटी सकेर पेस्तोल बुझाउनेक्रममा दुर्घटनावश पड्किएको देखिएको र बडिगार्डको खुट्टामा चोट लागेको जनाएको छ ।
एआइजी थापाले ‘दुर्घटनावश पड्किएको भएपनि इन्सपेक्टर श्रेष्ठको केही लापरबाही देखिएको बताउनुभयो ।घाइते बडिगार्ड सिपाही जैसवालको उपचारका लागि एपिएफ अस्पताल लगिएको र उहाँ खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।सो घटनामा एक जना सर्वसाधरणको पनि खुट्टाको औंलामा सामान्य चोट लागेको छ । यद्यपि उनी उपचारपछि घर फर्किसकेको प्रहरीले बताएको छ ।
घटनाको बिषयमा छानबिन गरी सत्यतथ्य जानकारी गराउन एआइजी थापाले जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीलाई निर्देशन दिनुभएको छ । सो बिषयमा अनुसन्धान गर्न इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा दिइएको काठमाडौं परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार