मस्तिष्कको क्यान्सर घातक

मानव शरीरको कुनै पनि भागमा अनियन्त्रित रूपमा कोषको वृद्धि हुनुलाई चिकित्सा भाषामा ट्युमर भनिन्छ । त्यसो भएर मस्तिष्कमा अनियन्त्रित रूपमा कोषिकाहरूको वृद्धि हुनुलाई ब्रेन ट्युमर भनिन्छ भने ‘मेलिग्नेन्ट’ खालको मस्तिष्कको ट्युमरचाहिँ  मस्तिष्क क्यान्सर हो । कम हानिकारक ट्युमरलाई ‘बिनाइन’ र घातक खालको ट्युमरलाई ‘मेलिग्नेन्ट’ ट्युमरको कोटामा राखिन्छ ।

शरीरको अन्यत्र झैँ मस्तिष्कको हकमा पनि त्यही सिद्धान्त लागू हुन्छ । ‘बिनाइन’ छिट्टै नफैलिने खालको हुन्छ भने बिरलै मात्र क्यान्सरमा परिणत हुन्छ तर ‘मेलिग्नेट’ ट्युमर छिटो फैलिनुका साथै यसले अन्य गम्भीर समस्या पनि ल्याउँछ । मस्तिष्क कडा हड्डीभित्र सीमित ठाउँमा अवस्थित हुने भएकाले सानोभन्दा सानो ट्युमरले पनि अन्यत्रभन्दा जोखिम निम्त्याउँछ ।

मस्तिष्कको क्यान्सर वृद्ध एवं रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा बढ्ता हुन सक्छ तर पनि धेरैजसो मस्तिष्कको क्यान्सरको कारक तìव अज्ञात नै छ । पेट्रोकेमिकलसम्बन्धी काम गर्ने व्यक्ति, इप्स्टेन बार भाइरसको सङ्क्रमण भएका, विकिरणको प्रभाव एवं कतिपयलाई वंशाणुगत कारणले मस्तिष्कको क्यान्सर हुन सक्छ । यस्तै धूमपान, मदिरापान र वातावरणीय प्रदूषणले मस्तिष्क क्यान्सर हुनमा थप बल पु¥याउँछ ।

मस्तिष्कको क्यान्सरको वर्गीकरण

यसका प्रकारमा एस्ट्रोसाइटोमा (ग्लायोब्लास्टोमा, ५० प्रतिशत), मेनिन्जिओमा (२१ प्रतिशत), पिट्युटरी एडेनोमा (१५ प्रतिशत) र मस्तिष्कका स्नायुका ढकनीको ट्युमर (१० प्रतिशत) छन् । बालबालिकामा मेडुल्लोब्लास्टोमा खालको मस्तिष्कको क्यान्सर बढी हुने गरेको छ । यी त भए प्राथमिक प्रकारका मस्तिष्कभित्रबाटै उत्पत्ति हुने मस्तिष्कका क्यान्सर ।

विश्वमा प्राथमिक प्रकारको मस्तिष्कको क्यान्सर बर्सेनि करिब अढाई लाख मानिसमा हुन्छ । जुन सबैखाले क्यान्सरको केवल दुई  प्रतिशत मात्रै हो । यसका अतिरिक्त शरीरको अन्यत्र उत्पन्न भएको क्यान्सर पनि फैलिएर मस्तिष्कमा आइपुग्न सक्छ । ‘सेकेन्डरी’ खालका यस्ता क्यान्सरमा अधिकजसो फोक्सो, स्तन, ‘मेलिग्नेन्ट मेलानो’ मा भनिने एक प्रकारको छालाको क्यान्सर, मिर्गौला एवं आन्द्राको क्यान्सर मस्तिष्कमा फैलिन सक्छ ।

मस्तिष्कको क्यान्सरका लक्षण 

मस्तिष्कको कुन भागमा क्यान्सरले असर पुर्‍याएको छ र ट्युमर कति ठूलो भइसकेको छ भन्ने आधारमा यस क्यान्सरका लक्षण देखा पर्छन् । अधिकतर बिरामीमा टाउको दुख्ने, कम्पन छुट्ने, आँखा धमिलो भई हेर्न समस्या हुने, उल्टी हुने, मानसिक चालचलन (व्यवहार) मा परिवर्तन आउने, हिँडडुल गर्न समस्या हुने, कुराकानी तथा स्पर्शसम्बन्धी गडबडी आउने, बेहोस् हुने, पक्षाघात हुने आदि लक्षण देखा पर्दछ ।

ट्युमर अर्थात् क्यान्सरका कारण मस्तिष्क सुन्निएर टाउको दुख्ने, आँखा धमिलो हुने, वाकवाकी लाग्ने, उल्टी आउने समस्या देखा पर्दछ । टाउको दुख्नु मस्तिष्कको क्यान्सरको एक लक्षण हो । सुरुवाती अवस्थामा बिहान उठ्नेबित्तिकै टाउको दुख्छ भने पछिका दिनमा दिनभरिजसो टाउको दुख्ने हुन्छ । सुरुमा यो लक्षण पनि बिहानको समयमा देखिने भए पनि विस्तारै यो समस्या बढ्दै जान सक्छ ।

टाउको दुख्ने समस्यासँगै खाना खान मन नलाग्ने, उल्टी आउने पनि हुन सक्छ । त्यसै गरी क्रमशः आँखाको दृष्टि कमजोर हुँदै जाने र समयमै उपचार भएन भने आँखाको दृष्टि गुम्न पनि सक्छ ।

शरीरका विभिन्न क्रियाकलाप सही अवस्थामा राख्न र शरीरलाई सन्तुलनमा राख्नका लागि मस्तिष्कमा विभिन्न महìवपूर्ण संवेदनशील क्षेत्रहरू हुन्छन् । त्यसैले मस्तिष्कको क्यान्सर हुँदा रिङ्गटा लाग्ने र कम्पन छुट्ने समस्या हुन सक्छ । मुख्यतः ‘मेलिग्नेन्ट’ खालको मस्तिष्कको क्यान्सर मस्तिष्कभित्र फैलिन थालेपछि बिरामी बारम्बार मुर्छा पर्ने हुन्छ । त्यसअघि क्यान्सर प्रभावित व्यक्तिको हातखुट्टा लुलो हुने हुन्छ, जुन पक्षाघात हुनुपूर्वको अवस्था हो ।

मस्तिष्कमा ट्युमर बढ्दै गएपछि शरीरका अङ्गमा मस्तिष्कको नियन्त्रण टुट्दै जान्छ । जसले गर्दा प्रभावित व्यक्तिलाई पक्षाघात हुन थाल्छ । क्यान्सरले मस्तिष्कको केही भाग वा पूरै भाग असर गरे अनुसार शरीरको विपरीत भाग (आधा भाग) ले काम गर्न छोड्ने वा बिरलै कतिपयको पूरै शरीर नचल्ने हुन्छ ।

त्यसै गरी मस्तिष्कको क्यान्सर रोगीमा बोल्ने, सुन्ने तथा स्मरण शक्ति पनि कम हुँदै जान्छ । चेतनास्तर कम हुँदै जान थालेसँगै बिरामीलाई भर्खरै वा बिहान के के गरेँ, के खाएँ र सामान कहाँ राखेँ भन्ने कुरा सम्झिन पनि गाह्रो पर्छ । मस्तिष्कको ट्युमरका कारण शरीरका अङ्ग एवं मानसिक अवस्थामा मात्र नभई व्यवहार पनि प्रभावित हुन सक्छ । मानिसले आफ्नो व्यवहारलाई नियन्त्रण गर्न नसक्नाले चिडचिडाहट हुने, उदास रहने, टोलाउने, कसैसँग बोल्ने नचाहने, एक्लो बस्न रुचाउने खालका परिवर्तन देखा पर्न थाल्छ । कतिपय बिरामीमा आवाज हराउने, मुख बाङ्गिने जस्ता समस्या पनि देखा पर्न सक्छ ।

मस्तिष्कको क्यान्सरको निदान

प्रायः प्रभावित व्यक्तिमा माथि उल्लेखित लक्षण देखा परेसँगै मस्तिष्कको क्यान्सरको  आशङ्का गरेसँगै आवश्यक शारीरिक जाँचपछि सिटी स्क्यान, एमआरआई एवं हर्मोन परीक्षणबाट यसको निदान गरिन्छ । यसका साथै नाक, कान र घाँटीको जाँच, आँखाको जाँच, इइजीको आवश्यकता पनि पर्छ ।

सिटी स्क्यान वा एमआरआईको परीक्षणका बेला ‘कन्ट्रास्ट’ भनिने विशेष औषधि दिँदा थप प्रस्टता देखिन्छ भने सुविधासम्पन्न अस्पतालमा पेट स्क्यान गराउन सकिन्छ । पेट स्क्यानको क्रममा क्यान्सर आशङ्का गरिएको व्यक्तिमा रेडियोएक्टिभ तत्व दिएसँगै स्क्यानरबाट क्यान्सरग्रस्त भाग सहजै पत्ता लाग्छ । किनकि क्यान्सरग्रस्त कोषहरू निकै छिटो वृद्धि हुन्छन् भने त्यस्तो छिटो वृद्धि हुने कोषले माथि भनिएको रेडियोएक्टिभ तìव बढी मात्रामा सोस्ने गर्दछन् । ती रेडियोएक्टिभ तत्व आखिरमा ग्लुकोज (अथवा सुगर) नै हुन्छन् । छिटो छिटो वृद्धि हुने कोषका लागि बढी मात्रामा ग्लुकोज चाहिने हुन्छ ।

उपचार

आरम्भिक अवस्थामै पहिचान भएको खण्डमा विशेषतः ‘बिनाइन’ खालको मस्तिष्कको ट्युमर शल्यक्रियामार्फत पूर्ण रूपमा निको पार्न सकिन्छ । त्यसो भएर अधिकतर मस्तिष्कको क्यान्सरको मुख्य उपचारका लागि ट्युमर निकाल्ने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । साथै यसलाई फैलिन र बढ्न नदिन तथा फेरि हुन नदिन केमोथेरापीको आवश्यकता पर्न सक्छ ।

त्यसै गरी कतिपयलाई रेडियोथेरापी आवश्यक पर्छ । यसका साथै मस्तिष्कको ट्युमरका कारण उत्पन्न हुने कम्पन कम गर्न एन्टिकन्भल्सेन्ट औषधि र मस्तिष्कको सुजन घटाउन स्टेरोइड एवं पिसाब गराउने फ्रुसेमाइड औषधि चाहिन सक्छ । केही मस्तिष्कको ट्युमर (विशेषतः बिनाइन खालको) निकै सुस्त गतिमा वृद्धि हुने भएकाले नियमित फलोअपमा राखे मात्र पुग्छ भने ‘मेलिग्नेन्ट’ खालको ट्युमर भने शल्यव्रिmया गरे पनि बल्झिने सम्भावना रहिरहन्छ । मस्तिष्कको क्यान्सरको उपचारलाई लिएर इम्युनोथेरापी, भेसिकुलर स्टोमटाइटिस भाइरस, रेट्रोभाइरल रेप्लिकेटिङ भेक्टर्सको प्रयोग बारेमा अनुसन्धान भइरहेका छन् ।

उपचारको नतिजा

मस्तिष्कको क्यान्सरको समयमा उपचार भएको खण्डमा निको पार्न सकिन्छ तर समयमा उपचार नभएमा बिरामीको मृत्युसमेत हुन सक्छ । उपचारको नतिजा ट्युमरले मस्तिष्कको कुन ठाउँमा र कति भाग ओगटेको छ भन्नेमा बढ्ता भर पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार