अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा न ७ ले वडा भित्रका ८५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई डेस्पेन्सरी वितरण तथा स्वास्थ्य परिक्षण सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न ७ का अध्यक्ष चुरा ब केसीले मन्तब्य राख्दै जेष्ठ नागरिक समाजको मार्गदर्शक हुन् । उहाँहरुको अनुभव र सल्लाहले समाज तथा वडालाई समृद्ध बनाउन ठूलो सहयोग र योगदान रहेको छ’ उनले भने– ‘वडाले जेष्ठ नागरिकका लागि त्यस्तो ठूलो काम त केही गर्न सकेका छैनौं तर उहाँहरुको सम्मान स्वरुप घरदैलोमै डेस्पेन्सरी सहित स्वास्थ्य परिक्षण गरिएको अध्यक्ष केसीले बताए ।

कार्यक्रममा वडा सदस्य डुकलाल पाेखेल पुष्षा नेपाली वडा सचिव सीता बिसि पराजुली स्वास्थ्य चाैकी प्रमुख प्रेमचन्द् विक पत्रकार अनिल नेपाली लगायतको टाेली गाउँमा पुगेर डेस्पेन्सरी सहित स्वास्थ्य परिक्षण गरेको हाे वडाले बार्षिक कार्यक्रम अनुसार वडा भित्रका १६ जनालाई बितरण गरेकाे अध्यक्ष केसीले बताएका छन् अध्यक्ष केसी आफू निर्वाचित भएपछि वडा बासीकाे लागि रचनात्मक काम गदै वडा बासीकाे सेवा निरन्तर लागि रहेका छन् घर घरमै पुगेर सेवा दिदा बृदबृदा खुसि समेत भएका छन् उनीहरूले स्थानीय सरकारले समेत अनुभुती गरेको स्थानीय बताएका छन्











