२६ फाल्गुन २०८२, मंगलबार
२६ फाल्गुन २०८२, मंगलबार

वर्षौ जेन्जि समुह सग सहयात्रा गर्नु भएका भुसालको अपिल

जेन जी छोराछोरीहरू!

शुभ आशीर्वाद!

तिमीहरूले गत भाद्र २३ गते भ्रष्ट्राचार बिरुद्द र सुशासनको पक्षमा गरेको क्रान्तिले हामीलाई पनि उद्वेलित बनाएको थियो। हामी जेन एक्सहरुले तिमीहरूको अपेक्षा बमोजिम आ-आफ्ना दलहरुमा सुधारकालागि अधिकतम पहल गर्यौ।

कतिपय दलहरु देखिनेगरी दलीय संरचना भित्र नीतिगत र संगठनात्मक सुधार गर्न सफल भए भने सबैजसो दलहरुभित्र परिवर्तनका आवाजहरू बुलन्द भए। यो सबैको चेतनाको स्रोत तिमीहरू नै हौ। यसकोलागि तिमीहरूलाई निसंकोच बधाई भन्न चाहान्छु।

हामीलाई सम्झना छ, आन्दोलनको तयारीमा र स्वयं आन्दोलनकै क्रममा पनि तिमीहरूको माग सुशासनको बहाली र भ्रष्ट्राचारको अन्त्य नै थियो। साथमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ता लिनुपर्ने आवाज पनि तिमीहरूले बुलन्द गरेका थियौ।

त्यतिबेला तिमीहरूमा सत्ता प्राप्तिको कत्तिपनि लालसा थिएन, सत्तासीन लगायत सम्पूर्ण दलहरुमा सुधारकालागि तिब्र दवाव सिर्जना गरेका थियौ तिमीहरूले। जुन देशकोलागि तिमीहरुजस्ता नौजवानहरुको अत्यन्तै जायज र क्रान्तिकारी कदम थियो।

प्यारा छोराछोरीहरू !

निहित राजनैतिक उद्देश्य भएका स्वार्थ समूहहरूको घुसपैठ तथा सुरक्षा निकाय र सरकार बीचको समन्वयको अभावका कारण आन्दोलनको क्रममा तिमीहरूले आफ्ना दर्जनौं दौतरीहरुलाई गुमाउन पुग्यौ। यस अपूरणीय क्षतिकोलागि सरोकारवाला पक्षले नैतिक जिम्मेवारी लिनुको विकल्प थिएन। म आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण छोराछोरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र घाइतेहरुको सिघ्रातिशिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

घुसपैठ गरेका स्वार्थ समूहले योजना नहुँदा नहुँदै पनि आयोजकहरुले गरेको आग्रह बिरुद्द तिमीहरूलाई संसद भवनतर्फ मोडे र निहत्था नौजवानलाई संसद भवनको सुरक्षामा खटिएका हातहतियारले सुसज्जित सुरक्षाकर्मीहरुसंग भिडाए। त्यसले गर्दा अकल्पनीय मानवीय र भौतिक क्षति भयो। त्यसैको आक्रोसको रापमा घुसपैठ गरेका स्वार्थ समूहहरूले अर्कोदिन राष्ट्रपति भवन, सिंहदरवार, सर्वोच्च अदालत जस्ता देशका धरोहरहरू र निजी व्यापारिक प्रतिष्ठानका भवनका साथै ठूला दल सम्बद्द उच्च राजनैतिक व्यक्तित्वका निजि निवास समेत खरानी गराए।

आन्दोलनको तेश्रो दिन भाद्र २५ गते देखि २३ र २४ गतेको आन्दोलनमा घुसपैठ गर्ने र कथित स्वयंसेवकको रुपमा पानी बाढ्ने गिरोहले नै जेन जी को प्रतिनिधि भएको दाबी गरे र तिमीहरूको जायज आन्दोलन र उक्त आन्दोलनले उठाएका मागहरु अपहरण गरी स्वार्थ प्रेरित र षड्यन्त्रपूर्ण राजनीतिको सुरुवात गरे।

तिनीहरूले नै अन्तरिम सरकार निर्माणमा तिमीहरुको नाममा हालीमुहाली गरे र आफू अनुकुलको अन्तरिम सरकारको निर्माण गराए। अन्तरिम सरकारले तिमीहरूले संविधान संशोधन गरी साशसकिय स्वरूप परिवर्तन गर्न गरेको अनुरोधलाई लत्याएर अहिलेकै संविधानिक व्यवस्था अनुसार निर्वाचन गराउन षड्यन्त्र गर्यो। मानौं तिमीहरूले आन्दोलन गरेको २ वर्ष अघि निर्वाचन सार्नलाई मात्र हो भनेजसरी यतिबेला २०८४ मा गर्नुपर्ने निर्वाचन २०८२ नै गर्ने काम मात्र हुँदै छ। भ्रष्ट्राचार नियन्त्रण र सुशासनको प्रत्याभूतिको लागि कुनै पहल नै गरिएको छैन।

निर्वाचन मार्फत पुराना दलहरुलाई सत्ताबाट विस्तापित गरेर नयाँको नाममा सत्ता हत्याउन आतुर तिनै अस्थिरतावादीले प्रियतावादिसंग साँठगाँठ गरेर निर्वाचन प्रचार प्रसारको नाममा विचार, नीति र कार्यक्रमको नभई शरीरको प्रदर्शन गर्न देश दौडाहा गरीरहेका छन् ।

प्रिय जेन जीहरु!

यति बेला सम्म बरु पुराना भनाउँदा दलहरुले तिमीहरूले गरेको आन्दोलनको रापाबाट आफूलाई केही न केही परिमार्जन गरिसकेका छन्। उनीहरूले निर्वाचन घोषणापत्र अथवा प्रतिबद्धतापत्र मार्फत भ्रष्ट्राचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् र विकास र सम्वृद्धिको खाका प्रस्तुत गरेका छन्। तर विदेशीको इसारामा तिमीहरूको आन्दोलनलाई सत्ता प्राप्तिको साधन बनाउन खोज्ने प्रियतावादी र अस्थिरतसबादीहरुले बाचा पत्रको नाममा झुटको पुलिन्दा पस्किरहेका छन्। जनता समक्ष आफ्ना नीति र कार्यक्रमहरु प्रष्ट सँग राख्ने र व्याख्या गर्ने गर्न नसकेर छोटो मन्तव्यको नाममा २/२ मिनेट नौटंकी पूर्ण अनुहार प्रदर्शन र प्रहशन गरेर जनताको अपमान गरिरहेका छन्।

उनीहरूको यस्तो गतिविधिले उनीहरू जति जति नयाँ नयाँ ठाउँमा पुग्दै गएका छन्, पहिले नै प्रभावमा परेका स्थानहरूबाट त्यति त्यति विस्थापित हुँदै गएको देखिएको छ। उनीहरूले जसरी छोटो समयमा आफूप्रति तिमीहरू जस्ता नौजावानहरुमा क्रेज उत्पन्न गरे, त्यतिनै अवधिमा जनताको मनबाट विस्थापित हुँदै आबिश्वासिलो हुँदै गएका छन्। अहिले नयाँ दूर दराजका ग्रामीण स्थानमा उनीहरू प्रतिको क्रेज बढ्दो देखिए ता पनि पहिला प्रभावित भएका शहरी क्षेत्रहरूमा उनीहरू प्रतिको जनविश्वास घट्दो क्रममा देखिएको छ।

यतिबेला सम्म निर्वाचनमा पुराना भनाउँदा मूख्य दलहरुकै बीचमा प्रतिस्पर्धा हुने देखिएको छ। उनीहरूले आफूलाई परिमार्जन गरेर जनता समक्ष यस अघिका कमी कमजोरीहरु प्रति माफी मागिरहेका छन् र प्रायश्चित गरिरहेका छन्।

यसै पृष्ठभूमिमा नेकपा एमालेले आफ्ना नीति, कार्यक्रम र योजनाहरुलाई प्रतिबद्धतापत्र मार्फत समय सापेक्ष रुपमा जनता सामु प्रस्तुत गरेको छ। निर्वाचन प्रचारप्रसारको कार्यशैलीमा सुधार गरेर कुनै पनि तडक भडक नगरी जनताको घर दैलोमा प्रत्यक्ष उपस्थित भएको छ। संगठनको ठूलो र स्थापित सञ्जालको बुतामा जनतासँगको पहुंच स्थापित गरिरहेको छ र थप विश्वास प्राप्त गरिरहेको छ।

मिसन ८४ को तयारी गरिरहेको एमाले यतिबेला परिस्थिति बस २०८४ को चुनौतीलाई २ वर्ष अघि नै सामना गर्न सम्पूर्ण रुपमा तयार रहेको छ। निर्वाचनको दिन नजिकिंदै गर्दा एमाले जनताको रोजाइको पहिलो पार्टी बन्ने प्रष्ट भएको छ।

अर्घाखाँची जिल्लामा पनि अस्थिरताबादी तथा प्रीयतावादीहरुसंग एजेण्डा नै नभएकोले उनीहरूको प्रस्तुति नौटंकीपूर्ण र उत्ताउलो देखिएको छ। मूख्य प्रतिस्प्रधा एमाले र नेपाली कांग्रेस बीचमै हुँदै छ। नेपाली कांग्रेसले आफूलाई पूर्ण रुपमा सम्हाल्न सकिरहेको छैन भने एमाले आफ्नो सम्पूर्ण पार्टी पंतिलाई एकतावद्ध गरेर निर्वाचनको अभियानमा पूर्ण क्षमताका साथ होमिएको छ।

प्रिय जेन जी छोराछोरीहरू !

यतिबेला अस्थिरताबादिहरुले निर्वाचन हारिने डरले आतंक सिर्जना गर्ने दाउ खोजिरहेका छन्। उनीहरूले पार्श्वबाट निर्वाचन हुन नसक्ने प्रचार सुरु गराउन लगाइरहेका छन्। उनीहरूकै नौटंकी सरकारले कसरी निर्वाचन बिथोल्न सकिन्छ भनेर दाउ हेरिरहेको छ र राज्य सन्यत्रलाई दुरुपयोग गर्ने दुष्चेष्टा गरिरहेको छ। हामीहरू सबै मिलेर सरकारको यस्तो रवैयाको प्रतिवाद गरेर समयमै निष्पक्ष, धाँधली रहित, भय रहित र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउँदै राजनैतिक अस्थिरताको अन्त्य गरेर समृद्धिको माध्यमबाट जनतामा खुसी प्रदान गर्न नेकपा एमालेलाई विजयी बनाउनु छ र एमालेको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्नु छ।

प्रिय छोराछोरीहरू!

यो देश सबै नेपालीहरूको साझा फुलबारी हो। त्यसमा पनि हामी उमेर ढल्कीएकाहरुको भन्दा तिमीहरूको नै बढी हो। बाँकी जीवन अवधिको अनुपातको आधारमा अधिकारलाई विन्यास गर्ने हो भने पनि धेरै हिस्सा तिमीहरूकै भागमा आउँछ। त्यसैले तिमीहरूले नै देशको स्थिरता, विकास र समृद्धिका लागि हामीले भन्दा बढी पहल गर्नुपर्ने छ, योगदान दिनुपर्ने छ।

लोकतन्त्रमा राजनैतिक दलहरु साध्य होइनन्, बरु साधन मात्र हुन्। तिमीहरूले नै उठाएको सुशासन र भ्रष्ट्राचारकाे समूल अन्त्यका एजेण्डाहरुलाई हामी सबैको सहकार्यमा सार्थक बनाउनु पर्छ। यसकोलागि जनताको बहुदलीय जनवादको सैद्धान्तिक आलोकमा लोकतन्त्रको उन्नत अभ्यास गरिरहेको पार्टी नेकपा एमाले नै भरपर्दो सारथी हुन सक्छ। नेकपा एमाले तिमीहरू जस्ता नयाँ पुस्तालाई अघि बढाएर मात्र नयाँ नेपाल बनाउन सभव छ भन्ने विषयमा प्रष्ट छ।

त्यसैले, आउ हातेमालो गरौं, सूर्य चिन्हमा मतदान गरी नयाँ नेपाल निर्माणको संखघोष गरौं।

प्यारा छोराछोरीहरू, हार्दिक धन्यवाद सहित धेरै-धेरै शुभकामना !

तिमीहरूलाई मायाँ गर्ने,
श्रीकृष्ण भुसाल
१२ फाल्गुन, २०८२
सन्धिखर्क, अर्घाखाँचीबाट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • हाँस्यास्पद (100%)
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार