२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

काग्रेसकाे काेइराला समूह कम्युनिस्ट संग सहर्काय गर्ने पक्षमा छैनन् : महामन्त्री माेहनविक्रम सिंह

गणेश खनाल
अर्घाखाँची,फागुन ७ गते । नेकपा (मसाल) का महामन्त्री माेहनविक्रम सिंहले नेपालमा फेरि पुन: राजतन्त्र फर्कने खतरा रहेकाे बताउनुभयाे ।


प्रगतिशील पत्रकार संघ,नेपालले सन्धिखर्क साेमवार आयाेजन गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै महामन्त्री सिंहले राजतन्त्र पुनस्थापनामा राजा ज्ञानेन्द्र शाह देखि अन्य शत्ति पनि राजतन्त्र व्युताउन लागि परेकाेले पुन:फर्कने खतरा रहेकाे बताउनुभएकाे।हाे । राजतन्त्र व्युतिएमा नेपाल २०४६ साल भन्दा अगाडिकाे अवस्थामा जाने बताउनुभयाे ।
अर्काे एक प्रसङमा नेता सिंहले भारतिय नागरिकलाई नेपाली बनाएर बैधानिक हिसावले भारतले नेपालमा आफनाे रवाफ कायम राख्न खाेजिरहेकाे बताउनुभयाे । मधेशी दल माफर्त भारतले नेपालमा आफनाे शत्ति बढाउन खाेजिरहेकाे बताउँदै भारत रणनीतिमा सफल हुँदै गएकाे जिकिर गर्नुभयाे ।
महामन्त्री सिंहले स्वतन्त्र पार्टी अमेरिकाकाे एजेन्ट पार्टी रहेकाे आराेप लगाउँदै अरवाै आर्थिक सहयाेग स्वतन्त्र पार्टीलाई आइरहेकाे दावि गर्नुभयाे । गठबन्धनमा रहेपनि राष्ट्रियकाे हित विपरीतका सवालमा विराेध गरिरहेकाे बताउनुभयाे । देशकाे कुनै धर्म नहुने बताउँदै नेपालमा हिन्दु राष्ट्र हुने सम्भावना नरहेकाे बताउनुभयाे । तेस्राे विश्व युद्वका विश्वका ठुला शत्ति लागि परिरहेकाे बताउनुभयाे ।
नेपाली काग्रेसमा शेखर काेइराला समूह कम्युनिस्ट सग सहर्काय नगर्ने लाईन रहेकाे बताउदै कम्युनिस्टलाई बढार्ने नितिमा काेइराल समूह रहेकाे जिकिर गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार