१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

आइसिसी विश्वकप लिग – २ अन्तगर्त नामिबियामाथि नेदरल्यान्डले ७ विकेटकाे जित

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामाथि नेदरल्यान्ड्सले ७ विकेटको जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा टस जितेको नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया ३५.१ ओभरमा १२३ रनमै अलआउट भयो।
नामिबियाका लागि जेजे स्मिथले सर्वाधिक २६ रन जोडे।
बलिङमा नेदरल्यान्ड्सका आर्यन दत्तले ६ विकेट लिए। उनले ८ ओभरमा ३४ रन दिए।
१२४ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ विकेटको क्षतिमा २७.२ ओभरमा पूरा गर्‍यो।
नेदरल्यान्ड्सका लागि मिकेल लेभिटले ५७ रन जोड्दा म्याक्स ओ’डाउदले २८ रन बनाए। बास डी लीडले नटआउट २१ रनको योगदान गरे।
सिरिजमा बुधबार नेपाल र नामिबियाबीच खेल हुनेछ। यसअघि पहिलो खेलमा नेपालमाथि नामिबियाले जित निकाल्दा दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार