अर्घाखाँची । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा सन्धिखर्क नगरपालिका पहिलो भएको छ ।
देशका ७५३ स्थानीय तहमध्ये अर्घाखाँचीको सन्धिखर्क नगरपालिका पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार ६१.८१ अंक प्रात गरी स्थानीय तहमध्यको सन्धिखर्क पहिलो भएको हो ।
चितवनको भरतपुर महानगरपालिका ५६.२९ र गुल्मीको मालिका गाउँपालिका ५५.४० अंक ल्याएर तेस्रो भएका छन् । गाउँपालिकातर्फ मालिका देशकै प्रथम हो ।
प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार १७ वटा सुचकका आधारमा वित्त आयोगले मूल्यांकन गरेको हो ।
कार्यसम्पादन मूल्यांकनमा सन्धिखर्क नगरपालिका पहिलो
खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।
प्रतिक्रिया दिनुहोस्