काठमाडौँ । अनेरास्ववियुले देशैभरका क्याम्पस अगाडि थाल बजाएर खबरदारी प्रदर्शन गरेको छ । बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै देशैभरका क्याम्पसबाट प्रदर्शन गरिएको हो ।
प्रतिवेदनमा मन्त्री ज्वालालाई दोषी करार गरिएको भए पनि उनले राजीनामा नदिएको भन्दै नेकपा एमालेले समेत विरोध गर्दै आएको छ ।