१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

काठमाडौँमा वर्षा, अन्तरराष्ट्रिय उडान प्रभावित

काठमाडौँ : काठमाडौँलगायत देशका विभिन्न स्थानमा आज (बिहीवार) सामान्य वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हलुका वर्षा भइरहेको जानकारी दिइन्।

काठमाडौँमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हलुका वर्षा भइरहेको छ। काठमाडौँको उत्तरी भेग आसपासमा पानी परिरहेको छ।

महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा पाल्पाको अर्चलेमा ४ दशमलव ८ मिलिमिटर पानी परेको छ।

मौसमविद कँडेलले भनिन्, “अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। केही स्थानमा मात्रै हलुका वर्षा भइरहेको छ। आज राति पनि वर्षाको सम्भावना छ।”

भोलिदेखि देशको पश्चिमी भेगबाट मौसम क्रमिक रुपमा सुधार हुँदै जाने उनले उल्लेख गरिन्।

“ठूलो वर्षा र हिमपात हुने सम्भावना छैन तर वर्षाले तापक्रम घटेर चिसो बढ्ने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ”, मौसमविद् कँडेलले भनिन्।

वर्षाले इण्डिगोको हवाईजहाज लखनऊ फर्कियो

काठमाडौँको प्रतिकूल मौसमका कारण काठमाडौँबाट हुने अन्तरराष्ट्रिय उडान प्रभावित भएका छन्। आज अपराह्न भारतको मुम्बईबाट काठमाडौँ आएको इण्डिगो एयरलाइन्सको हवाईजहाज काठमाडौँ अवतरण गर्न नसकेपछि भारतको लखनऊ डाइभर्ट भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।

उनका अनुसार आन्तरिकतर्फ भने हवाई उडान सामान्य अवरोध रहेको छ।प्रवक्ता झाले भने, “आन्तरिकतर्फ उडान केही ढिलो भए पनि सामान्य छ तर अहिले ‘इन्स्ट्रयुमेन्टल फ्लाइट रुल्स (आईएफआर)बाट  मात्रै उडान भइरहेको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार