डा. तिवारीकाे आगमनले स्वास्थ्य क्षेत्रमा खुसि छायाे , पत्रकार द्वारा भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न

हिम लेकाली , अर्घाखाँची ।

अर्घाखाँची अस्पतालका पूर्बमेडिकल सुपरिटेन्डेन्ट डा.जगन्नाथ तिवारी पुन असार १७ गते चितवन बाट सूरुवा भई अर्घाखाँची अस्पताल आउनु भएकाे छ ।

उहाँ २ बर्ष पहिले भरतपुर काे चितवन अस्पतालमा सरूवा भै जानु भएको थियाे । स्वास्थ्य क्षेत्रबाट लामाे समय अर्घाखाँची अस्पतालमा रहेर सेवा पुर्याउनु भई जनजनकाे अपार मायाँ पाउनु भएका तिवारी काे उपस्थितिले बिरामिहरूमा थप उपचार काे नयाँ उर्जा पलाएकाे छभने अर्घाखाँची अस्पताल काे ब्यबस्थापन सुध्रीने कुरामा धेरैले आशा बिश्वास लिएका छन् ।
जिल्ला फर्किए पछि आज उहाँले सञ्चारकर्मीसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बाेल्दै जिल्लाबासीकाे साथ सहयाेग र मायाँ का कारण पुन आफू जिल्ला फर्किएकाे बताउनु भएकाे छ ।


डाक्टर तिवारीले आफू अर्घाखाँची रहुन्जेल बिगत जस्तै अर्घाखाँची अस्पताल काे ब्यबस्थापन र बिरामिकाे उपचारमा दिलाे ज्यान दीएर लागि पर्ने बताउनु भएकाे छ । उहाँले स्वास्थ्य क्षेत्रकाे सम्बृधी काे लागि हरेक तह र तप्काबाट सहयाेगकाे हुनु पर्ने बताउनु भयाे । उहाँले गरिव दुखी असाय पिडित जो कोहिलाइ पनि आफुले सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । उहाँले ५० शैयाकाे अस्पताल भै सक्दा पनि आबस्यक पर्ने साधन स्राेत काे अभाव ,र दरबन्दी अनुसार बिशेषज्ञ डक्टरहरू नहुदा अस्पताल बाट भने जति सेवा पुर्याउन नसकेकाे बताउनु भयाे । यस्मा प्रदेश ,केन्द्र र स्थानीय सरकारकाे ध्यान जान जरूरि भयकाे बताउँदै याे क्षेत्रमा आवाज उठाई दिन पत्रकारहरूलाई अाग्रह गर्नु भयाे ।

पुन स्वास्थ्य प्रमुखकाे रूपमा आउनु भएका डा.तिवारी लाई सम्पूर्ण सन्चारकर्मिहरू काे तर्फबाट पत्रकार महासंघ का जिल्ला अध्यक्ष अशाेक खनालले दाेसल्ला तथा टीका प्रदान गरेर जिल्लामा स्वागत गर्दै सफल कार्यकालकाे सुभेच्छा ब्यक्त गर्नु भएकाे थियाे ।

सो अन्तरकृया कार्यक्रममा पत्रकार महासंघ केन्द्रिय सदस्य राधा नेपाली , पत्रकार महासंघ रेडियो तथा टेलिभिजन समन्वय विभाग केन्द्रीय सदस्य श्याम घिमिरे , प्रेस चौतारी नेपाल निर्वाचन अायाेग अध्यक्ष गणेश खनाल , लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थी, प्रदेश समिति सदस्य प्रेमनारायण आचार्य , महासंघ नि बर्तमान अध्यक्ष हिम लेकाली ,नि बर्तमान सचिब सूर्य भुसाल ,महासंघ उप सचिव हृदय भुसाल , प्रेस चौतारी नेपालअर्घाखाँची जिल्ला अध्यक्ष वसन्त श्रेष्ठ ,प्रेस यूनियन जिल्ला उपाध्यक्ष सरिता भुसाल ,प्रगतिशील पत्रकार जिल्ला अध्यक्ष जितेन्द्र खत्रि ,स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष हरि भुसाल लगायतले अाफ्ना अाफ्ना जिज्ञासा ,सुझाव राख्दै डाक्टर तिवारि काे पूर्व कार्यकालकाे असल कार्यकाे मुग्ध कण्ठले प्रशंसा गर्दै सन्चारकाे क्षेत्रबाट आफुले पुर्याउनु पर्ने सहयोगमा कुनै कमि नरहने बताउनु भयाे ।

जिल्लाका धेरै क्रियाशिल संचारकर्मीहरुको समेत उपस्थित रहेको उक्त कार्यक्रमको सहजीकरण अर्घाखाँची अस्पतालका सूचना अधिकारी निम राना, जिल्ला अस्पताल कर्मचारी अशोक चौहानले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार