अर्घाखाँची । सन्धिखर्कमा फागुन १९ गते सन्धिखर्क नगरपालिकाकाे आयाेजनामा नि:शुल्क एक दिने स्वास्थ शिविर हुनेभएकाे छ । नगरपालिका वडा नं. २ बेलबाटी अर्घाखाँची आवशिय माध्यमिक विद्यालयको प्राङ्गणमा शिविर संचालन हुने पत्रकार सम्मेलन गरि सन्धिखर्क नगरपालिका जनाएकाे छ ।
सन्धिखर्क नगरपालिका र सुशील कोइराला स्मृति प्रतिस्ठान काठमाडौंको आयोजनामा हुने एक दिने निःशुल्क स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजले प्राविधिक सहयोग गर्ने भएको सन्धिखर्क नगरपालिकाले जनाएको छ ।
अर्घाखाँची जिल्लाभरका बिरामीहरु शिविरमा आएर उपचार गर्न सक्ने सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठले १९ गते दिउँसो ३ बजेसम्म नाम दर्ता गर्न सक्ने पनि बताएका हुन । विहान १० बजे देखि विरामी जाँच गरिने जनाईएकाे छ ।