७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

प्रकाश स्मृतिकाे खेललाई निरन्तरता दिन्छाै : एमाले नेता क्षेत्रि

अर्घाखाँची । फागुन १४ गते सुरु भएको प्रकाश स्मृती खुल्ला क्रिकेटको विहिवार (आज) समापन भएको छ । समापन कार्यक्रममा बोल्दै प्रमुख नेकपा एमाले केन्द्रिय सल्लाकार परिषद सदस्य नरेन्द्रकुमार क्षेत्रीले पहिलो वार्षिकीबाट सुरु भएको खेललाई निरन्तरता दिने बताए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसालले प्रतियोगिता भर सहयोग गर्ने सम्र्पुण धन्यवाद दिँदै स्वगिय प्रकाश महतलाई सधै विचारबाट जिवन्त राखीरहने बताए ।
प्रतियोगितामा अर्घाखाँची बुलेटिड विजेता र सौजन्य समाज किमडाँडा उपविजेता भएका थिए । विजेतालाई ५० हजार उपविजेतालाई ३० पुरस्कार वितरण गरिएको खेलकुद महाँसघका जिल्ला अध्यक्ष हेनरी बस्नेतले बताए ।
महतको गतवर्ष खेलकुद महासघको महाधिवेशनमा सहभागि भई निवासमा जाने क्रममा सडक दुर्घटनामा परि मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार