९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

किसानका समस्या राज्यले बुझेन : अध्यक्ष भुसाल

अर्घाखाँची,१८ फागुन । नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले किसान समस्या प्रति राज्य उदासिन भएको बताउनु भएको छ।
नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ अन्तरगत १७ वटा घटक संगठनको दोसो संयुक्त जिल्ला अधिवेशनलाई सन्धिखर्कमा सम्बोधन गर्दै उहाँले वर्तमान सरकार किसानमारा सरकार भएको आरोप लगाउनु भयो ।
उहाँले सरकारको अकर्मण्यताका कारण अहिले किसानहरुले ठुलो सास्ति व्यहोर्नु परेको भन्दै किसानले दुध र तरकारी बाटोमा ल्याएर पोख्दा पनि सरकार बेखबर भएको गुनासो गर्नु भयो ।
अध्यक्ष भुसालले खेति लगाउने बेलामा बिउमल नपाउने,रोग किरा लाग्दा विषादी नपाउने ,बिक्रि गर्ने समयमा बजार नपाउने समस्याले किसानहरु हैरान भएको भन्दै बिशेष निति ल्याएर समग्र कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह गर्नु भयो । उहाँले उद्यम गर्न चाहने कृषकलाई न्युन व्याजदरमा बिनाधितो ऋण उपलब्ध गराउने व्यबस्था मिलाउनु पर्नेमा समेत जोडदिनु भयो ।
अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष लक्ष्मण कँडेलको अध्यक्षता ,उपाध्यक्ष तुल्सी रायमाझीको स्वागत मन्तव्य र सचिव खिमानन्द खनालको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिब तोजबहादुर रायमाझी,उपसचिव शम्भु प्रसाद पोख्रेल,कार्यालय सचिब लिलबहादुर बि.क.,अखिल नेपाल किसान महासंघका ईन्चार्ज रामबहादुर रायमाझी,अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य ठाकुर प्रसाद खनाल,अखिल नेपाल किसान महासंघ पुष्प घटकका केन्द्रिय उपाध्यक्ष खेमराज चुँलाली लगायतले मन्तव्य राख्नु भएको थियो ।
अधिवेशनले १५ वटा घटक संगठनको नयाँ नेतृत्व चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार