१९ बैशाख २०८१, बुधबार
१९ बैशाख २०८१, बुधबार

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले फिल्डिङ गर्दै

काठमाडौं । नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हारेको छ । काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले टस हारेको हो । नेपालले फिल्डिङ गर्दैछ ।

नेपाली टोलीमा एक परिवर्तन भएको छ । शुक्रबार भएको नामिबियाविरुद्धको खेलमा खेलेका अनिल शाहको स्थानमा कुशल भुर्तेल टिममा फर्किएका छन् ।

यसै सिरिजको पहिलो भेटमा नेदरल्यान्ड्सले नेपाललाई २ रनले हराएको थियो ।

एक खेलमा जित हात पारेर फाइनल सम्भावना कायमै राखेको नेपाल नेदरल्यान्ड्सलाई फराकिलो अन्तरले पराजित गरि सम्भावना झनै बलियो बनाउँन चाहन्छ । सिरिजमा दुई खेल खेलेको नेदरल्यान्ड्स नेपाललाई हराउँदै शतप्रतिशत जितका साथ फाइनलमा स्थान पक्का गर्न चाहान्छ ।

नामिबिया र नेदरल्याण्ड्सबीचमा ३ मार्च अर्थात फागुन २० मा समूह चरणको अन्तिम खेल हुनेछ ।

समूह चरणका शीर्ष दुइ टोलीबीच ५ मार्च अर्थात फागुन २२ मा फाइनल खेल हुनेछ । खेल बिहान साढे ११ मा सुरु हुनेछ ।

नेपालको प्लेईङ-११

रोहितकुमार पौडेल(कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी, सोमपाल कामी, प्रतिश जिशी, आरिफ शेख र अभिनास बोहोरा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार