२२ मंसिर २०८१, शनिबार
२२ मंसिर २०८१, शनिबार

नेदरल्यान्ड माथि नेपालकाे सानदार जित

काठमाडौ । नेदरल्यान्ड माथि नेपालले सानदार जित निकालेकाे छ ।

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे आफ्नाे अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएकाे छ ।

नेदरल्यान्ड्सले दिएकाे १ सय २१ रनकाे लक्ष्य नेपालले १५ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान राेहित पाैडेलले सबैभन्दा धेरै ४६ रन बनाए । यस्तै गुल्सन झा ३८ रन बनाएर आउट भए । नेदरल्यान्ड्सका भिभान किङ्गमाले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेदरल्यान्ड्स १९ ओभर ३ बलमा १ सय २० रनमा समेटियाे । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले सबैभन्दा धेरै ३१ रन बनाए । नेपालका प्रतिस जिसीले ३ तथा करण केसी र कुशल मल्लले समान २ विकेट लिए ।

याे जितसँगै नेपालले सेमिफाइनल सम्भावना बढेकाे छ । शृङ्खलाकाे अन्तिम खेलमा भाेलि नामिबिया र नेदरल्यान्ड्सबीच खेल हुँदैछ । भाेलिकाे खेल नेदरल्यान्ड्सले जिते नेपाल पनि फाइनलमा पुग्नेछ । यदि नामिबियाले जितेमा नेट रन रेटमा भर पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार