काठमाडौं । आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ ।
सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्नका लागि आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको थियो ।
बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानबिन विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने कार्यक्रम रहेको थियो ।