१० साउन २०८१, बिहिबार
१० साउन २०८१, बिहिबार

अनेमसंघ अर्घाखाँचीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशमा विभिन्न कार्यक्रम सम्पन्न

करिश्मा खनाल
अर्घाखाँची । अखिल नेपाल महिला संघ अर्घाखाँचीले ८ मार्च अर्थात अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अबसरमा विभिन्न कार्यक्रम गरि मनाएकाे छ ।


कार्यक्रम अखिल नेपाल महिला संघ केन्द्रीय कमिटी सचिवालय सदस्य तथा प्रतिनिधि सभा सांसद कमरेड बिजुला रायमाझीले महिला अधिकारकाे सवालमा सबै महिला एकै ठाउँमा उभिनु पर्ने बताईन् ।

प्रमुख अतिथि समेत रहेकी रायमाझीले परिवर्तनका आन्दोलनमा महिलाहरूकाे निर्णयक उपस्थिति रहदै आएकाे स्मरण गर्दै राज्यका निकायमा अझै बलियाे उपस्थित हुने ग्यारेन्टी हुन नसकेकाे भन्दै त्यस तर्फ ध्यान जानू पर्ने बताईन् ।


अनेमसघ जिल्ला अध्यक्ष दिपा आचार्यको अध्यक्षता,सचिव  मेनुका पौडेलको संचालन र उपाध्यक्ष सान्ता नेपालीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रम अखिल नेपाल महिला संघ केन्द्रीय कमिटी सदस्यहरू बिष्णु आचार्य ,माया भुसाल,मिश्रा आचार्य , नेकपा एमाले जिल्ला कमिटी सदस्य रामचन्द्र पोख्रेल , सामुदायिक बन महासघ अध्यक्ष मधुकुमार श्रेष्ठ,जिल्ला कमिटी सदस्य देवि थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार