२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

११४ ओेै अन्तर्राष्ट्रिय महिला दिवश ´महिला अधिकारका सवाल, व्यवहारमा प्रभावकारी कार्यन्वयन अहिलेकाे आवश्यकता ´

करिश्मा खनाल
अर्घाखाँची । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा सन्धिखर्ककाे सभा हलमा एक कार्यक्रम आयाेजना गरि मनाईएकाे छ ।


सन्धिखर्क नगरपालिका,अर्घाखाँचीले आयोजना गरेको कार्यक्रममा  महिला अधिकार कानुनमा सुरक्षित रहेकाे भन्दै कार्यन्वयनमा सबै लाग्ने  प्रतिबद्वता जाहेर गरेका थिए ।


कार्यक्रममा सांसद बिजुला रायमाझीले  महिला अधिकार सवालमा विभिन्न फाेरमहरूमा छलफल,प्रतिबद्ध जाहेर भएपनि कार्यन्वयन चरण भने फितलाे रहेकाे बताइन् ।
कार्यक्रममा बाेल्दै रायमाझीले महिलाहरुका सबालमा महिला नै विभाजित हुनु राम्राे पक्ष नरहेकाे बताउँदै महिला अधिका सवालमा थप एकजुट भएर लाग्नु पर्ने बताईन् ।

कार्यक्रमकाे  अवसरमा आयाेजना गरिएकाे कुर्सी दौड प्रतियोगितामा प्रथम हुने करिश्मा खनाल, द्वितिय,तृतीय कमला परियार र शान्तना भएकालाइ पुरस्कार समेत वितरण गरिएकाे थियाे ।
कार्यक्रममा सन्धिखर्क  नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले  महिलामाथि हुने हिंसा,दुव्यहार राेक्न पालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिवद्वता जाहेर गरे ।
नगरप्रमुख श्रेष्ठले  महिला हिंसा नियन्त्रण र पीडितलाई न्याय र पीडकलाई कानुनी कारवाही गर्ने दायित्व राज्यको भएको बताउदै अधिकार सुनिश्चितताका लागि  स्थानीय सरकार प्रतिबद्ध रहेको दाबि गरे ।


जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मी शर्मा ज्ञवालीले  समाजमा  अझै पनि परम्परागत सोच राखि महिला माथि अन्याय गर्नु दुखद भएकाे बताईन् ।
नगरपालिकाका उपप्रमुख मिश्रा आचार्यले महिलाहरूको  आर्थिक रूपमा समेत सवल बनाउने गरि काम गरिरहेकाे  बताईन ।

कार्यक्रम नेकपा माअाेवादी केन्द्रिय सदस्य छमकुमारी खनाल,नेकपा एमाले जिल्ला सदस्य रामचन्द्र प्राेखरेल,राष्ट्रिय जनर्माेचा जिल्ला अध्यक्ष थम्मन केसि,नेकपा एस जिल्ला अध्यक्ष रामबहादुर चाैहान, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल,अनेमसघ केन्द्रीय सदस्य माया भुसाल, जिल्ला अध्यक्ष दिपा आर्चायअनेमसघ (क्रान्तिकारी) केन्द्रीय कमला भण्डारी भुसाल,नेपाल पत्रकार महासघ उपाध्यक्ष विरेन्द्र केसि लगायतले मन्तव्य राख्दै महिलालाई सिपयुत्त काममा लगाई आत्मनिर्भर बनाउन आवश्यक रहेकाेमा जाेड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार