७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

सन्धिखर्कमा भूपु सैनिक संघको बृहत कार्यक्रम, अध्यक्षमा अर्याल

अर्घाखाँची– नेपाली कांग्रेस समर्थित भुतपूर्व सैनिक संघको सन्धिखर्कमा भेला तथा अधिवेशन सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले इमान्दारपूर्वक कर्तव्य पालना इमान्दारीपूर्वक गर्ने संस्था सैनिक रहेको बताए । देशको सुरक्षामा बिचलित नभइकन सेवा गरेर अवकास जीवनलाई सामाजिक सेवामा लगाउनु उनले आग्रह गरे ।


कांग्रेस पूर्वसभापति कमलप्रसाद भुसालले अवकासपछि भुतपूर्व सैनिकहरुले सामाजिक कामसँगै लोकतन्त्र बलियो बनाउन सधै कटिबद्ध भएर लागेकोमा प्रशंसा व्यक्त गरे । भुसालले पेन्सन बुझ्ने तम्घास जानुपर्ने समस्याबाट मुक्त गराएर सन्धिखर्कबाटै पेन्सन पाउने व्यवस्थाको लागि नेतृत्व गरेकोमा नेपाल भुतपूर्व सैनिक संघको काम महत्वपूर्ण रहेको बताए । अधिवेशनमा भुपु सैनिक संघका केन्द्रीय सदस्य रामबहादुर परियार, कांग्रेस जिल्ला सचिव कृष्णप्रसाद खनाल, पत्रकार महासंघका उपाध्यक्ष वीरेन्द्र केसी लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच भेलाले गोपालप्रसाद अर्यालको अध्यक्षतामा १५ सदस्यीय भुतपूर्व सैनिक संघ अर्घाखाँचीको गठन गरेको छ । सदस्यमा झविन्द्र खड्का, विष्णुप्रसाद श्रेष्ठ, डिलाराम श्रेष्ठ, झविन्द्र खड्का, विनाराम चुँदाली, दधिराम सुमई, फर्शुराम पाण्डे, लोकराज खनाल, दधिराम श्रेष्ठ, धनबहादुर पाण्डे, नारायणप्रसाद श्रेष्ठ र वेदुलाल खनाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार