अर्घाखाँची । गाैरिशकर ईङलिस बाेडिङ स्कुलकाे वार्षिकोत्सब,अभिभावक दिवश तथा पुरस्कार वितरण कार्यक्रम एक समारोह विच सम्पन्न गरेकाे छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका नगर प्रमुखले कृष्णप्रसाद श्रेष्ठले शैक्षिक क्षेत्रमा जिल्लाकाे पहिचाहन बनाउन सफल भएकाे बधाई दिए । शैक्षिक नतिजामा अव्वल बन्दै गएकाे गाैरिशंकर स्कुललाई आगामी दिन थप सफलताको शुभकामना दिए ।
सामुदायिक विधालयकाे नतिजा सँगै विधालयमा विधार्थि संख्या न्यून हुँदै जानू दुखद भएकाे नगर प्रमुख श्रेष्ठकाे भनाइ रहेकाे थियाे ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई प्रमुख मणिराम पराजुलि,सन्धिखर्क नगर शिक्षा शाखा प्रमुख मन्जु आर्चायले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल पत्रकार महासघ अध्यक्ष अशाेक खनाल,अभिभावक मुत्तिनाथ भुसाल,विधार्थि कृष्ण खनाल,अनिशा खनाल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रिन्सिपल गणेश क्षेत्रिले विधालयकाे वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।
विधालय व्यवस्थापन समिति अध्यक्ष भेषबहादुर विसिकाे अध्यक्षता,शिक्षक शिव बेल्वासेकाे सञ्चालनमा कार्यक्रममा सम्पन्न भएकाे जनाइएकाे छ ।
विभिन्न विदामा उकृष्ठ विधार्थिलाई साेहि अवसर पुरस्कार वितरण गरिएकाे थियाे ।