७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

मालारानीमा एमाले कार्यकता प्रशिक्षण , हालकाे गठबन्धन पार्टी एकता सम्म पुग्छ : एमाले केन्द्रीय सदस्य विक

अर्घाखाँची  । नेकपा एमाले केन्द्रीय सदस्य बाेमबहादुर विकले
बामपंथी एकता सम्मकाे लागि गठबन्धन भएकाे बताउनुभयाे । हालकाे गठबन्धन कञ्चा नभएकाे बताउँदै कम्युनिस्ट विचकाे पार्टी एकता सम्म पुग्ने गरि आन्तरिक तयारी भइरहेकाे दावि गर्नुभयाे ।


नेता विकले सरकारका लागि मात्र एमालेले गठबन्धन नगरेकाे उल्लेख गर्दै यसकाे परिमाण आउदै जाने बताउनुभयाे ।
नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रि कार्यकतालाइ राजनीतिक ज्ञानमा पनि अव्वल बनाउन एमाले प्रशिक्षण चलाइरहेकाे बताउनुभयाे ।
शितगगा नगरपालिकाबाट चैत ९ गते सूरू भएकाे प्रशिक्षण सन्धिखर्क नगरपालिका पुगेर सकिने एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसालले जानकारी दिनुभयाे


नेकपा एमाले मालारानी गाउँपालिका कमिटीकाे आयाेजनमा आज देखि सुरू भएकाे प्रशिक्षण कार्यक्रम भाेलि समापन हुने जनाईएकाे छ ।


कार्यक्रम प्रदेश कमिटी सदस्य केवि भुसाल,जिल्ला पार्टी कार्यालय सचिव लिलबहादुर विक,पाणिनि गाउँपालिका अध्यक्ष कमल घिमिरे,मालारानी गाउँपालिका वाडनम्वर ४ का अध्यक्ष विष्णुप्रसाद प्राेखरेल लगायतले आज सहजिकरण गर्ने जनाईएकाे छ । कार्यक्रम मालारानी गाउँपालिकाका अगुवा एमाले कार्यकताकाे उपस्थित रहेकाे छ ।


मालारानी गाउँपालिका अध्यक्ष विष्णुप्रसाद मिश्रकाे अध्यक्षता,सचिव नारायण अर्याल सञ्चालन र उपसचिव दिपा प्राेखरेलकाे स्वागत मन्तव्यमा उढ्घाटन कार्यक्रम सम्पन्न भएकाे थियाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार