मालारानीका पर्यटकीय स्थलमा घुम्न जाउँ,रमाउ

अर्घाखाँची ।नेपाल पत्रकार महासंघ अर्घाखाँचीले संचालन गरेको आर्थिक बिकास,पर्यटन प्रवद्र्धन र स्थानिय रोजगारीका लागी अर्घाखाँची पर्यटन प्रवद्र्धन अभियान संचालन गरि नेपाल सरकारका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डबाट उद्घाटन भई अभियान बिभिन्न प्रचारात्मक कार्यक्रम मार्फत अभियान अगाडी बढेको अभियानका प्रवत्ता हृदय भुसालले बताए ।

अभियानको दोस्रो चरण अनुसार स्थानिय तह हरुले सिफारिस गरेका जिल्लाका मुख्य १९ गन्तब्य मध्ये सोमवार मालारानी गाउँपालिकाका मुख्य ३ गन्तब्य नरसिँहस्थान मन्दिर,मालारानी मन्दिर,तिलकुवा झरनामा पुगी स्थलगत रिपोटिङ्ग गरेको पत्रकार महासंघले जनाएको छ ।


नरसिँहस्थान मन्दिरमा एक पटक अवलोकन गर्न सवैलाई आग्रह गर्दे मालारानी ७ का वडा अध्यक्ष खड्क प्रसाद भुसालले नरहिँस्थान सवैको आकर्षकको केन्द्र रुपमा बिकास भएको बताए । अध्यक्ष भुसालले पर्यटकिय धार्मिक हिसाबले निकै नै महत्वपुर्ण र मनोआकाच्छा समेत पुरा हुने धार्मिक बिश्वार रहेको उत्त मन्दिर लाई बिगत ७ बर्षदेखी ब्यवस्थित गरी आन्तरिक पर्यटकहरु समेत आउन थालेका बताए ।

मन्दिर पर्यटन पुर्वाधार समितीका उपाध्यक्ष तथा स्थानिय क्याप्टेन ईन्द्र बहादुर खड्काले मालारानी मन्दिरको दिनप्रतिदिन महत्व र गरिमा वढ्दै गएकोले सवैले अवलोक गर्नुपर्ने बताए ।
रातो गुरासँ फुलेको मनोरम दृश्यको बिचमा रहेको मालारानी मन्दिरमा दैनिक जसो पर्यटकहरु आउन थालेको र थप बिकास साथै बिस्तारका लागी पालिका लागी रहेका मालारानी ३ का अध्यक्ष दण्डपाणी पोख्रेलले बताए । लामो समयको प्रयास पोछी मालारानीको महत्व बढेको र थप आकर्षण र बिकासका लागी सवै सरोकारवाला लाग्नु पर्ने स्थानिय रोमाहर्श खनालले बताए ।


प्रकृतिको अनुपम उपहारको रुपमा रहेको मालारानी २ को झरना साच्चै नै महनमोहक र पर्यटकलाई लोभ्याउने खालको देखिन्छ जहाँ दैनिक जसो आन्तरिक पर्यटकहरु पुग्ने गर्दछन् ।
तिलकुवा झरना जिल्लाको मात्र नभई देशकै महत्वपुर्ण पर्यटकिय गन्तब्यको रुपमा बिकास भएको र झरना हेर्न र अवलोकन गर्न जिल्ला भित्र र बाहिर बिदेश बाट समेत आउने गरेको वडा न २ का अध्यक्ष योगेन्द्रानाथ भुसालले बताए ।
बिगतदेखीको लामो प्रयास पोछी तिलकुवा झरनाको धेरै प्रगती र आकर्षण वढ्दै गएको पुर्व जनप्रतिनिधी टामलाल पाण्डेले बताए ।
पत्रकार महासंघले यसरी जिल्लाका प्रमुख पर्यटकिय गन्तब्यमा निरन्तर पुगी रिपोटिङ्ग गर्ने भोली भुमिकास्थान पुग्ने पत्रकार महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार