अर्घाखाँची । जिल्लाको शितगंगा नगरपालिकामा मोटरसाईकल र जिप एक आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएकाे छ ।
शितगंगा नगरपालिका १४, जलुकेपानीमा लु २ च ७९३२ नम्बरको सिङ्गल क्याप जिप र लु ६ प ७९३१ नम्बरको मोटरसाईकल ठोक्किंदा मोटरसाइकल चालक कपिलवस्तु निवासी २८ वर्षिय नियाज मुसलवानको घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
जिप चालक घाइते रुपन्देहीका २६ वर्षिय सनिउल्लाह थकिरकाे उपचार भईरहेको छ ।
जलुकेपानीको साँघुरो बाटोमा जिप र मोटर साईकल एकआपसमा ठोक्किदा दुवै सवारी बाटोदेखी मुनी खसेका थिए । जिपको ब्रेक फेल हुँदा दुर्घटना भएको ठाडाका निमित्त प्रमुख प्रहरी नायव निरिक्षक सालिकराम खनालले जानकारी दिनुभयाे । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
शितगगामा जिप र माेटरसाइकल ठाेकिदाँ, १ जनाकाे मृत्युु
खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।
प्रतिक्रिया दिनुहोस्