२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

नेपाल निजामती कर्मचारी सगठनद्वारा भित्तेपात्राे विमाेचन,जनताकाे हित हुने गरि काम गर्न कर्मचारीलाई एमाले अध्यक्ष भुसालकाे आग्रह

अर्घाखाँची । नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले २०८१ सालकाे भित्तेपात्राे आज एक कार्यक्रमका विच विमाेचन गरिएकाे छ ।


सगठनले आयाेजनामा भित्तेपात्राे विमाेचन तथा नयाँ वर्षकाे शुभकामना आदान-प्रदान एवं सम्मान कार्यक्रम बाेल्दै प्रमुख अतिथि नेकपा एमाले अर्घाखाँची जिल्ला अध्यक्ष पिताम्वर भुसालले कर्मचारीका जायज माग पूरा गर्न नसकेकाे स्वार्कार गर्दै आगामी दिनमा समाधान गर्ने बताउनुभयो ।

भुसालले जनताकाे हित सर्वाेपरि ठानि काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयाे । निजामती कर्मचारी सगठनका सदस्यहरू अरू सगठनका सदस्य भन्दा फरक हुनु पर्ने बताउदै त्याे काममा देखाउनु पर्ने बताउनुभयाे ।


जिल्ला समन्वय समिति प्रमुख जिवनारायण काेइरालाले राष्ट्रकाे जिल्लाकाे समृद्धि हुने गरि काम गर्न आग्रह गर्नुभयाे । जिल्लामा काम गर्ने सवाल असहज परिस्थिति रहे सहजिकरण गर्न आफुहरू सहयोग गर्न तयार रहेकाे काेइरालकाे भनाईरहेकाे छ ।


जिल्ला अध्यक्ष गणेश प्रसाद भण्डारीकाे अध्यक्षता,सगठनका नेता विशाल महतकाे सञ्चालन र उपाध्यक्ष हरिश्चन्द्र पाण्डेको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा सगठन केन्द्रीय सदस्य दिलिप कुवर,

निवृत राष्ट सेवक कर्मचारी बचत सहकारीका अध्यक्ष जिवनारायण आर्चाय,सिविए उपाध्यक्ष हरि डुम्रे लगायतले मन्तव्य राख्दै कर्मचारीकाे मनाेवल उच्च राख्ने गरि काम गर्ने वातावरण बनाउन सराेकारवालाहरूलाई आग्रह गर्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार