१७ असोज २०८१, बिहिबार
१७ असोज २०८१, बिहिबार

तीन दिने सहकारि शिक्षा तालिम सन्धिखर्कमा सम्पन्न

हिम लेकाली, अर्घाखाँची ।

अर्घाखाँची बचत तथा ऋण सहकारि संस्था लि . सन्धिखर्क अर्घाखाँचीले संस्था मा आबद्ध शेयर सदस्य हरूलाई ३ दिने सहकारि शिक्षा तालिम प्रदान गरेकाे छ ।
पाणिनि बहुमुखि क्याम्पसमा राखियकाे उक्त तालिमकाे सहजिकरण संस्थाका अध्यक्ष द्राेण प्रसाद भुसाल ,सचिव बिष्णु बस्याल र ऋण उप समिति संयाेजक नेता भुसालले गर्नु भएको थियाे ।

प्रशिक्षण मा सहकारिका सिद्धान्त ,सहकारिले पालना गर्नु पर्ने नैतिक र आधारभुत सिद्धान्त ,बैंक र सहकारिमा भिन्नता ,संस्थाकाे हाल सम्मकाे अबस्था ,सहकारि र राज्यनिति लगायतका बिषयमा प्रशिक्षण प्रदान गरिएको थियाे ।
तालिम मा सेयर सदस्य हरूबाट सुझाव सल्लाह समेत लिईएकाे थियाे । असार २३ गते बाट सुरू भएको तालिम सदस्य संख्या धेरै भएकोले तीन चरण गरेर सबै उपस्थिति हुने गरि तालिम सन्चालन गरियकाे अध्यक्ष द्राेण प्रसाद भुसालले बताउनुभयाे । तालिममा आफ्ना अनुभूति र सिकाई वाट प्राप्त ज्ञानकाे चर्चा गर्दै आज समापन गरिएकाे छ । हाल संस्था मा ६०० भन्दा बढि सेयर सदस्य रहेकाे जनाईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार