अर्घाखाँची । भाइकाे हत्या गरेकाे अभियाेगमा आफनै दाजुलाई प्रहरीले प्रकाउ गरेकाे छ। शितगङ्गा नगरपालिकाको वडा नम्बर १२ रजियामा बस्ने राजन भुसालकाे हत्या गरेकाे आराेपमा आफनै दाजु जनकराज भुसाललाई प्रहरीले प्रकाउ गरेकाे हाे । विदेश बस्दै आएका जनकराज १ महिना अगाडि मात्र घर आएका थिए ।
विशेष अनुसन्धान पछि ठाडादहबाट (शुक्रवार) आज प्रकाउ गरिएकाे ईलाका प्रहरी कार्यालय ठाडाका प्रमुख ऋषि राम घर्तिले जानकारी दिनुभयाे । थप अनुसन्धानको लागि ७ दिन म्याद थपिएको घर्तीले बताउनु भएको छ। ९ बर्ष अगाडि हत्या गरि गरि भुसाल फरार रहेका थिए । जनकराजले हत्या आफुले गरेकाे स्वार्कार गरेकाे प्रहरी प्रमुख घर्तिले जानकारी दिनुभयाे । थप अनुसन्धान भईरहेकाे प्रहरीकाे भनाइ रहेकाे छ ।
भाइकाे हत्या अभियाेगमा दाइ प्रकाउ
खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।
प्रतिक्रिया दिनुहोस्