२८ पुस २०८१, आइतवार
२८ पुस २०८१, आइतवार

शान्ति मावि बाँगीकाे हिरक महाेत्सव: नेपालमा श्रम सस्तो भएकै कारण विदेश पलायन हुनेको संख्यामा वृद्धि : मुख्यमन्त्री महरा

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले नेपालमा श्रम सस्तो भएका कारण विदेश पलायन हुनेको संख्यामा वृद्धि हुँदै गएको बताउनु भएको छ ।

शान्ति मावि मारालानी ५ को हिरक महोत्सव कार्यक्रममा मन्तव्य राख्दै मुख्यमन्त्री महराले श्रमको सम्मान नहुदासम्म बसाई नरोकिने र विदेश पलायन हुनेको संख्यामा कमि नआउने बताउनु भएको हो । नेपालमा श्रमको मुल्य महङ्गो दरमा दिन सके विदेशमा भएका नेपाली त फर्किन्छन नै, विदेशिसमेत नेपालमा श्रम बेच्न आउने धारणा राख्नुभयो।

हीरक महोत्सव कार्यक्रममा प्रतिनिधि सभा समानुपातिक साम्सद सुशिला सिर्पाली ठकुरी, बिजुला रायमाझी, लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्य, नेपाल पत्रकार महासङ्गका जिल्ल अध्यक्ष अशोक कुमार खनाल, विभिन्न राजनीतिक दल लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिती अध्यक्ष चन्द्रबहादुर खड्काको अध्यक्षता, विद्यालय व्यवस्थापन समिती सदस्य तथा वडा अध्यक्ष तिलक मिश्रको स्वागत मन्तव्य, विद्यालयका प्रध्यानाध्यापक मान बहादुर पान्डेको वार्षिक प्रतिवेदन प्रस्तुत र शिक्षक बसन्त खड्का, माधव पन्थीको संयुक्त सञ्चालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय लोकदोहोरो गायक बिष्णु खत्री, मोहित मुनाल, विद्यार्थीले साङ्गितिक र नृत्य प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार