१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

राजमो अर्घाखाँची–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा छवि खनाल

काठमाडौँ ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँची–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा छवि खनाल चयन हुनुभएको छ ।

राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको प्रमुख आतिथ्य तथा वामपन्थी नेता आनन्द शर्माको विशिष्ट आतिथ्यमा २०७९ असार २५ गते शनिबार सम्पन्न भेलाले उहाँहरूलाई चयन गरेको हो ।

भेलामा अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवर, प्युठान–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष अधिवक्ता पदम रोका, सुदूर पश्चिम–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष भीष्म जोशी, राजमो केन्द्रीय सदस्य घनश्याम न्यौपाने, अर्घाखाँची–काठमाडौँ सम्पर्क समितिका पूर्व अध्यक्ष तथा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय सचिव बी.बी. अधिकारी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव विष्णु केसी, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य रामदेव पाण्डे, अखिल नेपाल कानुन व्यवसायी सङ्घका रामप्रसाद शर्मा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जीवनारायण खनाल र राजमो काठमाडौँका अध्यक्ष झविन्द्र खनालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

नवनिर्वाचित समितिलाई राजमो केन्द्रीय सदस्य लालबहादुर थापा र अखिल (छैठौं) का उपाध्यक्ष गणेण अधिकारीले बधाई दिनुभएको थियो ।

भेलाले छवि खनाल अध्यक्ष रहनुभएको तीन रिक्तसहितको ३५ सदस्यीय अर्घाखाँची–काठमाडौँ सम्पर्क समिति गठन गरेको छ । समितिमा उपाध्यक्षमा ताराप्रसाद पन्थी र लालमणि बन्जाडे, सचिवमा भूवन खनाल, सहसचिवमा विष्णु बेलबासे र कोषाध्यक्षमा पवित्रता आचार्य रहनुभएको छ ।

त्यस्तै, सदस्यहरूमा वरुण भुसाल, बन्दना विक, विष्णु केसी, यमलाल खनाल, विष्णुहरि थापा, आकाश घर्तीमगर, वृन्दा केसी, प्रदीप बन्जाडे, मधु क्षेत्री, लक्ष्मणदेव पाण्डे, रमेश बन्जाडे, फत्तबहादुर श्रेष्ठ, ज्ञानु भण्डारी, गौरव खनाल, खोमनाथ न्यौपाने, मनोज गैरे, बालकृष्ण बेलबासे, बबिता घर्तीमगर, किरण पोखरेल, कृष्ण परियार, ठाकुर रानाभाट, माधव बन्जाडे, पूजा बेलबासे, अशोक कुँवर, पुरन पोखरेल र सुस्मिता थापा रहनुभएको छ ।

त्यसैगरी भेलाले ११ जनालाई सल्लाहकारमा चयन गरेको छ, जसमा खिमानन्द बन्जाडे, बी.बी. अधिकारी, रामप्रसाद भुसाल, रामदेव पाण्डे, रामप्रसाद शर्मा, जालन्धर बन्जाडे, नेत्र बेलबासे, रुद्र खनाल, खिमानन्द बेलबासे, लक्ष्मण घिमिरे र लक्ष्मण बेलबासे रहनुभएको छ ।

छवि खनालको अध्यक्षता, लक्ष्मणदेव पाण्डेको सञ्चालन तथा खिमानन्द बन्जाडेको स्वागत मन्तव्यका साथ अघि बढेको उक्त भेलाले १०७ सदस्यीय सम्पर्क परिषद् पनि गठन गरेको प्राप्त समाचारमा उल्लेख छ ।

– युगदर्शन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार