२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीको १ दिने कार्यशाला गोष्ठी सम्पन्न

अशाेक खनाल

अर्घाखाँची l स्वदेशी उत्पादन अभियान , उधमिको सम्मान भन्ने मुल नाराका साथ उत्पादित बस्तुको गुणस्तर र लेबलिङ सम्बन्धी १ दिने कार्यशाला गोष्ठी सन्धिखर्कमा सम्पन्न भएको छ ।
गोष्ठीमा २ वटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो प्रस्तुत कार्यपत्रमा उपभोक्त हित संरक्षणमा संबैधानिक तथा कानुनी ब्याबस्था , उपभोक्त संरक्षण ऐन २०७५ को ब्याबस्था , बस्तु लेवलिङ र गुणस्तरको परिचय , प्याकेजिङ भनेको के हो ,उपभोक्त संरक्षण ऐन २०७५ बमोजिम उत्पादकको दायित्व ,उपभोक्त संरक्षण ऐन २०७५ बमोजिम उत्पादकले लेवलमा खुलाउनु पर्ने कुराहरु , गुणस्तरहिन बस्तु भन्नाले कस्तो बस्तु लाई मान्ने ,उपभोक्त का अधिकारहरु के के हुने , उपभोक्तहरुको दायित्व , सन्चयकर्ताको दायित्व , बिक्रेताको दायित्व ,कसुर गरेको मानिने ब्याबस्थाहरु , सजायको ब्याबस्था , सचेत उपभोक्तहरुले के गर्ने सम्बन्धित बिषयमा कार्यलयका प्रमुख उधोग अधिकृत सन्तोष खनालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो गोष्ठीमा खाध्य प्राबिधी प्राबिधिक सरोज खनालले खाध्य बस्तुको गुणस्तर , खाध्य गुणस्तर सम्बन्धि भेटिएका केही घटनाहरु , खाध्य स्वास्थता , खाध्य स्वस्थताका जोखिमहरु ,रासायनिक जोखिम , लेवलमा दिने परिचय , एउटा बस्तु आफुले उत्पादन गरेता पनि अन्य आफुले उपभोग गर्ने बस्तुहरु बजर अनुगमनमा देखिएका गम्भीर प्रकृतिका घटनाहरुको बारेमा प्रस्तुत कार्यपत्रमा उल्लेख्य गरिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइरालाको प्रमुख आतिथ्यतामा शुरु गोष्ठीमा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ ,सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य , प्रमुख कोष नियन्त्रक छबिन्द्र बेल्बासे , प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौर खाध्य तथा गुणस्तर प्राविधिक कार्यलयका प्रमुख रमेश दाहाल ,खाध्य प्राबिधी प्राबिधिक सरोज खनाल , सन्धिखर्क नगरपालिका वडा न.१० का वडा अध्यक्ष मोहन सिंह ठकुरी अर्घाखाँची उधोग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रामु भुसाल , चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ , नेपाल ब्यापार संघका अध्यक्ष योगेन्द्र खड्का , होटल ब्याबसायी संघका अध्यक्ष खेतुलाल पाध्य पत्रकार महासंघका अध्यक्ष अशोक खनाल विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि उधोगी ब्याबसायीहरुको उपस्थित रहेको थियो ।
गोष्ठी घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीका प्रमुख उधोग अधिकृत सन्तोष खनालको अध्यक्षता तथा लक्ष्मी दाहालको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार