२६ असोज २०८१, शनिबार
२६ असोज २०८१, शनिबार

७२ घण्टामा ९९ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा गर्मीका कारण दिनहुँ दर्जनौँको ज्यान गइरहेको छ । गर्मी र लूका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । ओडिशामा गएको ७२ घण्टामा गर्मीका कारण ९९ जनाको मृत्यु भएको छ । यीमध्ये २२ जनाको मृत्यु लूले गर्दा भएको पुष्टि गरिएको छ ।

यस वर्ष गर्मी सुरु भएयता राज्यमा १४१ जनाको मृत्यु लुले गर्दा भएको बताइएको छ । भारतीय मौसम विभागका अनुसार जुन २ मा राज्यका कयौँ स्थानमा तपामान ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो ।  आगामी तीन दिनमा भने लू कम हुने अनुमान गरिएकोले मृत्युका मामिलाहरू कम हुने आशा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार