एमाले अर्घाखाँचीको अधिवेशन भोलि ,अध्यक्षमा भुसालको पल्लाभारी

अर्घाखाँची | नेकपा एमाले अर्घाखाँचीको नवौं जिल्ला अधिवेशन भोलि देखी सुरु हुँदै छ । सन्धिखर्कको संगम फुटल्याण्डमा हुने अधिवेशनको तयारी पुरा भएको एमालेले जनाएको छ ।
अधिवेशनको निम्ति भूगोल तथा विशेष ईलाकाको ६५ शाखा,२१ वटा जनसंगठन र आयोजक कमिटी बाट गरी जम्मा ५ सय ६२ जना प्रतिनिधि चयन भएका छन् ।
अधिवेशनको लागि नेकपा एमाले केन्द्रीय कमिटीका सचिव तथा लुम्बिनी प्रदेश कमिटीका ईन्चार्ज पद्मा अर्याल लगायतका नेताहरु आज साँझसम्म सन्धिखर्क आई पुग्नु हुने एमाले जिल्ला सचिव तोजबहादुर रायमाझी विधानले बताउनु भयो ।
अधिवेशन नजिकिए सँगै जिल्ला नेतृत्वको बारेमा पनि बहस सुरु भएको छ । आठौं अधिवेशन बाट चयन भएको कमिटीले पुरा समय अवधि काम गर्न पाएन ।करीब २ वर्षको समय अवधिमा पीताम्बर भुसाल नेतृत्वको कमिटीले अर्घाखाँची जिल्लामा एमालेलाई पहिलो पार्टी मात्र बनाएन सबै दलहरु एक ठाउँमा भएर गठबन्धन गर्दा पनि प्रदेश र संघको निर्वाचनमा जिल्लाका सबै उम्मेदवारलाई विजयी गराएर विपक्षीलाई क्लिनस्वीप गरी देशभरको उत्कृष्ट पार्टी बनाउन सफल भयो । स्थानीय तहको अधिकाम्स पालिकामा विजय हासिल गरेको एमाले एक्लै जिल्ला समन्वय समिति समेत बनाउन सलफ रह्यो ।
पीताम्बर नेतृत्वको जिल्ला समितिले उपलब्धि मूलक र ऐतिहासिककाम गरेकोले पदाधिकारीमा सामान्य हेरफेर गरेर पुन: उहाँकै नेतृत्वमा नयाँ कमिटी चयन गर्नुपर्ने एमालेका बहुसंख्यक नेता तथा कार्यकर्ताको भनाई छ । उनिहरुले पार्टीलाई संकट पर्दा भाग्ने ,बखेडा झिक्ने र अधिवेशनको समयमा मलाई चाहियो भन्दै भ्रमजालको खेति गर्नेहरु प्रति सचेत बन्नु पर्ने बताउँछन् । भुसालले पुन: अध्यक्ष बन्ने बताए पछि एमाले पङ्तिमा खुसियाली छाएको छ । भुसाल पुन: पार्टी अध्यक्ष भएपछि एमाले थप बलियो ,सुदृढ र एकता बद्ध हुने एमालेका नेता तथा कार्यकर्ताको बुझाई छ । उहाँले उम्मेदवारी दिने भएपछि जिल्लाका प्रभावशाली नेताहरु समेत अध्यक्षको दौड बाट पछि हटेका छन् । प्रभावशाली र ओजिला नेताहरुले अध्यक्ष भुसाल नै पुन:अध्यक्ष बन्नु पर्ने बताई रहँदा केही नेताहरुले भने चर्चाकै लागि भएपनि आफुलाई अध्यक्षको प्रत्यासी वताउने गरेको एमाले कार्यकर्ताको भनाइ छ ।
को-हुनुहुन्छ ? अध्यक्ष भुसाल
———————–
मालारानी-५ बाँगीमा २०२९ सालमा जन्मनु भएका भुसालले समाजशास्त्रमा स्नातकोत्तर गर्नु भएको छ । २०५४ सालमा २५ वर्षको उमेरमै बाँगी गाउँ बिकास समितिको अध्यक्ष निर्वाचित हुनु भएका उहाँ राम्रो काम गरेर जिल्लामा नमुना अध्यक्ष बन्नु भएको थियो । उहाँले शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेर विद्यालयको स्तरउन्नति र शैक्षिक गुणस्तर बृद्धिको निम्ति महत्वपुर्ण योगदान पुर्याउनु भएको अभिभावकहरुको भनाइ छ ।
आदर्श माध्यमिक बिद्यालय खनदहमा अध्ययन गर्दैगर्दा किशोरावस्था मै अनेरास्ववियु वाट राजनीतिक यात्रा सुरु गर्नु भएका उहाँले २०४५ सालमा पाणिनि बहुमुखी क्याम्पस सन्धिखर्कमा आई सक्रिय राजनीति गर्न थाल्नु भयो । २०४८ सालमा नेकपा एमाले बाँगी गाउँ कमिटीको सचिव (तत्कालिनप्रमुख) बन्नु भएका उहाँले ईलाका कमिटीको प्रमुख भएर काम गर्नु भयो । २०५४ सालमा नेकपा एमाले जिल्ला कमिटीको सदस्य चयन हुनुभएका उहाँले २४ बर्ष जिल्ला कमिटीको सदस्य रहँदा संगठन विभाग प्रमुख,पार्टी स्कुल विभाग प्रमुख, क्षेत्रीय कमिटीको अध्यक्ष तथा जिल्ला कार्यालय सदस्य लगायतका जिम्मेवारी समाल्नु भएको थियो । २०५४ सालमा नेकपा एमालेको छैठौं राष्ट्रिय महादिवेशनमा जिल्लाको प्रतिनिधित्व गर्दै नेपालगञ्जमा सहभागी हुनु भएका उहाँ त्यसपछिका अधिकाम्स महादिवेशनमा निरन्तर प्रतिनिधि बन्दै आउनु भएको छ ।
भुसाल २०७८ पौष २३ र २४ गते सन्धिखर्कमा सम्पन्न जिल्ला अधिवेशन बाट सर्वसम्मत अध्यक्ष चयन हुनुभएको थियो । यो २ बर्ष ५ महिनाको अवधि नेकपा एमाले अर्घाखाँचीको ईतिहासमा स्वर्णिम अवधिको रुपमा रह्यो । चौतर्फी घेराबन्धि तोड्दै पार्टीले जिल्लामा सर्वाधिक सफलता हात पार्यो । यो अवधिमा अन्य पार्टी छोडेर धेरै नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका थिए । अहिले पनि माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा केही नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा रहेको एमाले उपसचिव शम्भुप्रसाद पोख्रेलले बताउनु भयो ।
एमाले अध्यक्ष भुसाल राजनीतिक नेताहरुले सिको गर्न योग्य उच्च आदर्श भएको नेता हुनुहुन्छ । उहाँमा रहेको ईमान्दारीता,काम प्रतिको लगाव,बिचारमा रहेको स्पष्टता ,सालिनता र क्रान्तिकारी छवीले उहाँलाई उच्च आदर्श नेताको रुपमा स्थापित गराएको हो ।नेताहरु प्रति जनताको बढ्दो अबिस्वासलाई चिर्न सफल भुसाललाई जिल्लामा क्रियासिल राजनीतिक दलका नेताहरुले समेत आदर्श नेताको रुपमा लिने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार