१० साउन २०८१, बिहिबार
१० साउन २०८१, बिहिबार

पाणिनि बहुमुखी क्याम्पसमा नगरप्रमुख छात्रवृति वितरण

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाद्वारा स्थापित नगरप्रमुख छात्रवृत्ति वितरण तथा अक्षयकाेषदाताद्वारा स्थापित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम पाणिनि बहुमुखी क्याम्पसकाे आयाेजनामा सम्पन्न भएकाे छ ।


सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले क्याम्पसलाई अाफनाे पहिलाे राेजाई रहेकाे बताउनुभयाे । शैक्षिक तथा भाेैतिक सुधारमा नगरपालिकाकाे तर्फबाट हरपल सहयाेग रहने नगरप्रमुख श्रेष्ठले प्रतिबद्वता जाहेर गर्नुभयाे । क्याम्पसले नतिजा उकृष्ठ ल्याउन प्राध्यापक,उपप्राध्यापहरूका प्रमुख भुमिका रहेकाे बताँउदै नतिजा सुधार नभएमा क्याम्पसलाई टिकाई राख्न गाराे हुने प्रमुख श्रेष्ठले भनाइ रहेकाे छ ।


सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आर्चायले शैक्षिक विकासकाे लागि कार्यालयकाे तर्फबाट सधै क्याम्पसकाे साथमा रहेकाे बताउनुभयो ।
क्याम्पस प्रमुख बुद्विराम भुसाल, नेपाल पत्रकार महाँसघका अध्यक्ष अशाेक खनाल,अक्षयकाेषदाताकाे तर्फबाट लिलाराम गाैतम,स्ववियु सभापति लक्ष्मण खड्का लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
रामलाल भुसालकाे सञ्चालन र क्याम्पस सहयाक प्रमुख लक्ष्मण प्राेखरेलकाे स्वागत मन्तव्य,व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद खनाल मुस्कानकाे अध्यक्षता कार्यक्रम सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा खेदकुद,जेहेन्दार,उकृष्ठ नतिजा ल्याउने विधार्थिलाइ पुरस्कार वितरण गरिएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार