२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

पाणिनीलाई समृद्ध बनाउन लागेका छौ ः प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने

१. विकास निर्माण र सेवाप्रवाहलाई कसरी अघि बढाइरहनु भएको छ ?
पाणिनी गाँउपालिकाले संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय पूर्वाधार विकास, सेवाप्रवाह र अनुगमन तथा नियमनलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्दै आएको छ । स्थानीय पूर्वाधार विकासका सन्दर्भमा गाँउपालिकाले तर्जुमा गरेको आवधिक विकास योजनाअनुसार वार्षिक बजेटमा पूर्वाधारका आयोजनाहरु समावेश गरी कार्यान्वयनगर्दै आएका छौं । सेवाप्रवाहतर्फ ८ वडा कार्यालयबाट जन्मदेखि मुत्युसम्मका काम र प्रशासनिक काम हुँदै आएको छ । गाँउपालिका ५४ वटा सामुदायिक विधालय र १२ वटा स्वास्थ्य संस्थाबाट स्वास्थ्यसँग सम्बन्धित विविध सेवाहरु प्रदानगर्दै आएका छौं । त्यसैगरी गाँउपालिकाका ५ वटा बिषयगत शाखाबाट समेत आ–आफ्नो विषयगत क्षेत्र अनुसार नीति निर्माण र कार्यान्वयनहुँदै आएको छ ।
विकास निर्माणलाई तोकिएको समय, लागत र गुणस्तरमा सम्पन्नगर्न अध्यक्ष ,उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायत आवश्यकता अनुसार अन्य कर्मचारीहरुबाट समेत अनुगमनको कामगर्ने गरिन्छ । कामको गुणस्तर कायमगर्न प्राविधिक कर्मचारीहरुलाई विशेष सचेत गराईएको छ भने अनुगमनका चरणमा समेत गुणस्तर मा ध्यान दिईएको छ । यसरी गाँउपालिकाबाट प्रदान गरिने सवै किसिमका सेवाहरु सरल तथा प्रभावकारी ढंङ्गबाट प्रदान गर्न गाँउपालिकाले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी कार्य सम्पादन गर्दै समय समयमा स्थानीय सरकारको झल्को घुम्ति शिविर मार्फत अन्य सेबा मैत्री काम मार्फत गदै आएको भने सुशासनलाई प्रभाबकारी बनाउनको लागि विधुतिय अभिलेख विधुतीय हाजिरी लगायतका काम गदै आएको छ ।
२) बजेट,नीति तथा कार्यक्रमको कार्यान्वयनको अवस्था कस्तो छ ?
जनताका प्रत्यक्ष सरोकार का कार्यक्रम तथा योजनालाई नै नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्ने गरेका छौं । आगामी आर्थिक वर्षबाट आवधिक योजनाका आधारमा जनताका सरोकारका योजनाहरुलाई विधि सम्मत् ढंगबाट अगाडि बढाउनको लागि योजना बनाएका छौ ।
३) गाउँपालिकाको नमुना योग्य काम के के छन् ?
जनताको सरकार भनेर स्थानीय सरकारलाई चिनिन्छ पाणिनी गाँउपालिकाले योजना निर्माणको चरणमा नै आफ्नो अधिकार सूचीको विषय मा ध्यान दिई उक्त सूचीमा उल्लेख भए बमोजिम आवधिक, वार्षिक, क्षेत्रगत योजनाहरु बनाउने गरिएको छ । साथै, संघ र प्रदेश सरकारको नीति, लक्ष्य तथा उद्देश्यसँग ता दाम्यता कायम गर्दै वातावरण संरक्षण तथा जलवायु परिवर्तन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन, सुशासन आदि विषयहरु लाई समेत ध्यान दिदै गाँउपालिकाका गौरवका योजना र वडागत योजनाका रूपमा वर्गीकरण गरी नमुनाका रूपमा पाणिनी तपोभुमि सिदेश्वर गुफा ,कालिमाटी लेख सुपादेउराली पलमार्ग लगायत कृषि सँग जोडेर सुन्तलाको उत्पादन र बजारीकरणमा जोड छुर्पी उधोगको विकास गाँउपालिकाको विकास गर्ने लक्ष्यका साथ अघि बढेको अवस्था छ ।
पाणिनी गाँउपालिकाले गौरबको योजनाको रुपमा अड्गुरी धातिबाङ्ग नेटा सम्को मोटरबाटो र रामपुर पाल्पा रोल्पा सालझण्डी ढोरपाटन बाटो लगायतका केन्द्र र प्रदेश सरकारको समन्वयमा सञ्चालित योजनालाई गौरबको योजनाको रुपमा अगाडि सारेको छ ।
४) विकास निर्माण, सेवाप्रवाह र सुशासनको अवस्था कस्तो छ ?
ज्नप्रतिनिधि र कर्मचारी दुबै उदेश्य गाँउपालिको विकास र समृद्धि नै हो हालको गाँउपालिको नेतृत्व विकास निर्माण लगायत समग्र गाँउपालिकाको विकासको पक्षमा अत्यन्त सकारात्मक रहेको पाएको छु । उहाँहरु शिक्षित हुनुहुन्छ र गाँउपालिका शिक्षा, स्वास्थ्य, खानेपानी, लगायत सबै किसिमका पूर्वाधार विकासमा गुणस्तरीयता सहितको विकासका कार्यमा रणनीतिक योजना सहित कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै संवेदनशील भएर काम गरिरहनुभएको छ ।
५) जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध परिपूरक र सुमधुर हुनुपर्दछ । हामीहरुको साझा लक्ष्य गाँउपालिकाको विकासको हो । जनप्रतिनिधिहरुबाट ल्याइएका योजना, नीति तथा कार्यक्रमलाई नेपालको प्रचलित कानुनका आधारमा पूरा गर्ने दायित्व कर्मचारी वर्गको हो । यसर्थ यो विषयको गाम्भीर्यता अनुसार अगाडि बढ्दा दुवै पक्षबीचको सम्बन्धमा कुनै पनि किसिमको असमझदारी हुने छैन र भएको पनि छैन ।
६) विकास निर्माणमा जनसहभागिता कस्तो पाउनुभएको छ ?
विकास स्थानीय जनतामा निर्भर रहन्छ । यहाँको विकास निर्माणमा जनसहभागिता राम्रो रहेको छ । बजेट तर्जुमाको चरणमा समेत नागरिकहरुसँग पर्याप्त छलफल र परामर्श हुने गरेको छ । गाँउपालिकाले र वडाले आयोजनागर्ने यस्ता छलफलमा नागरिकको उल्लेख्य सहभागिता हुने गरेको छ । बजेट कार्यान्वयनको चरणमा समेत पर्याप्त जनसहभागिता हुने गरेको छ ।थुप्रै कार्यहरु उपभोक्ता समितिमार्फत भएका छन् । जनता सँग प्रत्यक्ष सम्बन्धित र उहाँहरुको मागमा आधारित योजनाहरु गाँउसभाबाट स्वीकृत भए बमोजिम कार्यान्वयन हुने गरेका छन् । आगामी आर्थिक वर्षदेखि जनचाहना बमोजिमका योजना तथा कार्यक्रमलाई अझै प्राथमिकता दिनेछौं । आवधिक योजनाले तय गरेको मार्गदर्शन बमोजिम बार्षिक बजेट बन्ने गरेको छ । बजेट तर्जुमाको चरणमा नागरिकका जायज माग र आवश्यकता अनुसार आयोजना र कार्यक्रम छनोट गर्न टोल र बस्ती बस्तीमा जनप्रनिधिहरु खटाई नागरिकलाई बजेट तर्जुमा प्रक्रियामा प्रत्यक्ष सहभागी गराउन जोड दिने गरिएको छ ।
७) बेरुजु र सार्वजनिक खरिदको अवस्था कस्तो छ ?
गत आवमा हाम्रो बेरुजु रकम धेरै थियो । अहिले बेरुजु घटेको छ । बेरुजु फर्स्यौटका लागि हामी सक्रिय रहेका छौ ।सार्वजनिक खरिदको कार्य हालको प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावलीको परिधिभित्र रहेर मात्र गर्ने गरिएको छ ।
८) तीन तहका सरकार विच कस्तो सम्बन्ध छ ?
आवश्यकताअनुसार सहयोग र समन्वयको कार्य भएता पनि जुन तहमा हुनुपर्ने हो त्यो हुन सकेको छैन ।
९) सामुदायिक विधालयको सुधारका लागि के योजना बनाउनुभएको छ ?
पाणिनी गाँउपालिकाले सामुदायिक विधालयको सस्थागत विकासको लागि जहाँ विधालय त्यही विधार्थी जहाँ विधार्थी त्यही शिक्षक भन्ने अभिप्रायले गाँउपालिकाले औचित्य र आबश्यकतामा आधारमा शिक्षाको सुधारको लागि योजना बनाएको छ ।
१०) पाणिनी गाँउपालिकाले कृषि पशुपालन पर्यटन तर्फ के कस्ता योजना रहेका छन् ।
पाणिनी गाँउपालिकाले कृषि पर्यटन तर्फ आधुनिकरण बजारीकरणको विविध योजना सहित गाँउपालिकाले कुषिमा बास्तविक किसानलाई अनुदान सहितको निति ल्याएको छ भने पयर्टन तर्फ पाणिनी तपोभुमि ,दुर्गाश्वर गुफा लाई गाँउपालिकाले पर्यटनको रुपमा अगाडि सारेको छ ।
११) आन्तरिक स्रोत वृद्धि गर्न के–कस्ता प्रयास भईरहेका छन् ?
गाँउपालिकाका आन्तरिक आम्दानीका श्रोत भनेको खोलानाला, कबाडी कर भुमिकर, व्यवसाय कर आदिहुन् । यिनलाई आन्तरिक रुपमा सुधार गरी करको दायरा बढाएर राजस्वमा सुधार गर्ने गरी अगाडी बढेका छौं । यसका लागि पाणिनी गाँउपालिकाले राजश्व सुधार कार्ययोजनालाई थप वस्तुगत बनाई अडागी बढ्नेछौं ।
१२) अन्त्यमा केही भन्नु छ कि ?
स्थानीय तहको विकासकालागि सबैको व्यवहार र आचरणमा सुधार आवश्यक छ । कानुनी राज्यको अवधारणालाई आत्मसात गरी कर्मचारी जनप्रतिनिधि र नागरिकको आचरण तथाव्यवहारमा सुधार आए विकासले गति लिनसक्छ । तर, एकले अर्कोलाई दोषारोपण मात्रगर्ने हो भने अपेक्षा गरे अनुसार सफलता हासिल हुन सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार