तीन दिनदेखि परेको अविरल वर्षाका कारण अर्घाखाँची आउने गोरुसिंगे–सन्धिखर्क सडक शनिबार दिनभर अवरुद्ध रहयो । निरन्तरको वर्षाका कारण शुक्रबार रातिदेखि अवरुद्ध रहेको सडक गोरुसिंगे–सन्धिखर्क सडक भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, जेसिभी मेसिनहरू र स्थानीय बासीन्दाहरूको पहलपछि खुलाइएको छ । सन्धिखर्क नगरपालिका– ६ दहखोला र बहोखरमा पहिरो खसेर अवरुद्ध भएको सड्क शनिबार दिउँसो १२ बजे अर्थात करिब १२ घण्टापछि सञ्चालन गरिएको हो, वडा अध्यक्ष श्रीधर महत्राले भने ।
शुक्रबार रातिबाट अवरुद्ध भएको सड्क दिनभर मेसिन सञ्चालन गरेर खोल्ने काम गरिरहेका छौँ, खोलेपछि २ पटक फेरी बेलुका ६ बजे अवरुद्ध भयो, अहिले पनि खोल्न पहल गरिरहेका छौँ, केहि समय पानि रोकिएको छ, तर जोखिम कायमै छ, सड्क अवरुद्ध भएको स्थान घुम्तीबाट वडाअध्यक्ष महत्राले भने ।
यात्रा गर्दा अत्यावश्यक काम बाहेक यात्रा नगर्नका लागि र पानि परिरहेका कारण जोखिम कायमै रहेकोले सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी जिल्ला सूर्यबहादु खत्रीले बताए । चालुआर्थिक वर्षमा नै मुख्य सड्कको डबल कटिङ्ग, पिचँ गर्ने क्रममा अधिकांश ठाउँमा सड्क चौडा गराईएका कारण धेरै ठाउँमा जोखिम भएको हो । सदरमुकामबाट बुटबल जाने सड्क अत्यावश्यक बिरामीहरू हुने भएकाले पनि जोखिमका बिचमा जेसिभी मेसिन मात्र नभई शशस्त्र प्रहरीको प्रयोग गरेर शनिबार दिउँसोबाट सञ्चालन गरिएको हो ।
पानी परिरहेको छ, सितापुरका झनक केसी भन्छन् ‘सितखोला पनि उर्लिएको छ, सड्कमा जताततै मेसिन चलाएर चौडा बनाउने काम गरेका कारण जोखिम छ, प्रहरीसँग बुझेर मात्र यात्रा गर्दा राम्रो हुन्छ ।’ घुम्तीदेखि पत्थरकोटसम्मको बाटो एकतर्फी रूपमा खोलिएको हो । लगातारको वर्षाका कारण थप पहिरो जानसक्ने खतरा कायमै रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरको छ ।
वर्षात भने रोकिएको छैन । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सड्क पनि अधिकांश ठाउँमा पहिरो गएका कारण अवरुद्ध छ । शुक्रबारबाट नै अवरुद्ध भएको सड्क पनि स्तरोन्ततीको काम भईरहँदा लगातार परेको वर्षाका कारण निगाली, दमार, पटौटी लगायतका ठाउँमा पहिरो गएकाले अवरुद्ध भएको हो । जिल्लाको सदरमुकाम सन्धिखर्कबाट ग्रामिण भेगमा जाने अधिकांश सड्कहरू भत्कीएका छन् । अर्घाखाँचीबाट पाल्पा, प्युठान र गुल्मी जाने सड्कहरू प्नि ठाउँठाउँमा पहिरोले भत्कीएको प्रहरीले जनाएको छ ।
पहाडी भेगमा हरेक वर्ष हिउँदमा मर्मत गरेका सड्कहरू ठूलो वर्षा लागेसँगै भत्कीने गर्छन् । लगातार पानि परिरहेको छ, पानी रोकिएसँगै मात्रै स्थानीय सरकारहरू आवश्यकता अनुसार सडक सञ्चालनका लागि पहल गर्ने बताएका छन् । जिल्लाका ग्रामीण सडकहरूमा पनि पहिरो गएकाले सतर्कताका साथ यात्रा गर्न स्थानीय पालिकाहरू अनुरोध गरेका छन् ।