२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार

अर्घाखाँची आवासीय माध्यमिक विधार्थि सिकाई सुधार योजना व्यवस्थित बनाउँदै

अर्घाखाँची । अर्घाखाँची आवासीय माध्यमिक विद्यालयको कक्षा १० का विद्यार्थीहरूको प्रथम त्रैमासिक परीक्षाको नतिजा, प्रकाशन, विश्लेषण र सिकाई सुधार योजना निर्माण कार्यशाला आज विद्यालयको सभाहलमा सम्पन्न भएको छ।

उक्त कार्यशालामा कक्षा १० मा अध्ययनरत ४० जना विद्यार्थी, अभिभावक र विषय शिक्षकहरूको सभागिता रहेको थियो।

कार्यक्रममा शैक्षिक सत्रको सुरुमा लिइएको उपलब्धि परीक्षाको आधारमा तय गरिएको प्रथम त्रैमासिक परीक्षाको सबै विषयको अपेक्षित सिकाई उपलब्धिको लक्ष पूरा भए नभएको बारेमा समिक्षा भएको थियो।

साथै कार्यक्रममा दोश्रो त्रैमासिक अवधिको वस्तुनिष्ठ लक्ष निर्धारण गरी उक्त लक्ष्य हासिल गर्न अवलम्बन गर्नुपर्ने क्रियाकलाप सहितको सिकाई सुधार योजना निर्माण गरिएको छ।

सिकाइ सुधार योजना आगामी शनिवार सम्म थप परिष्कार गरी आईतवार कक्षा शिक्षकलाई पेश गर्ने जनाईएकाे छ । साथै सबै विद्यार्थीको सिकाई सुधार योजनाको आधारमा अर्को हप्ता भित्रमा सबै विषय शिक्षकहरुले आ-आफ्ना विषयको शिक्षण सुधार योजना निर्माण गरिनेछ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिल बहादुर राउत क्षेत्रीको अध्यक्षता र विद्यालयका प्रवन्ध निर्देशक श्रीकृष्ण भुसालको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिति  रहेको थियो।

कार्यक्रममा अभिभावकको तर्फबाट शिक्षक अभिभावक संघका अध्यक्ष हेमन्त बेल्बासे, अभिभावक तथा पत्रकार गणेश खनाल र अभिभावक बाबुराम घिमिरे लगायतले सुझाव सहितको मन्तव्य राख्नुभएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिल बहादुर राउत क्षेत्रीले वस्तुनिष्ठ सिकाई सुधार योजना (LIP) र शिक्षण सुधार योजना (TIP) निर्माण गरी तदनुसार उपचारात्मक तथा सुधारात्मक शिक्षण गर्न शिक्षकहरुलाई निर्देशन दिनुभयो।

वहाँले सबै सरोकारवालाहरुको रोहबरमा विद्यार्थी स्वयंले निर्माण गरेको सिकाई सुधार योजना प्रतिबद्धता अनुरूप पूर्ण रुपमा कार्यान्वयन गरी अपेक्षित उपलब्धि हासिल गर्न विद्यार्थीहरुलाई उत्प्रेरित गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार