हिम लेकाली
भाद्र ७ सन्धिखर्क । नेपाल खेलकुद महासंघ अर्घाखाँचीकाे तेस्राे जिल्ला अधिवेशन मदन अाश्रीत स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएकाे छ ।
कार्यक्रमकाे उद्घघाटन नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव ,प्रदेश ईन्चार्ज प्रविन अधिकारीले गर्नु भएको थियाे । उहाँले खेलकुदकाे माध्यम बाट युवाहरूलाई संगठित गर्ने बताउँदै खेलकुद क्षेत्रलाई बढवा दिने बर्तमान नेतृत्व पाएकाेमा खेलकुद क्षेत्रलाई माथि उठाउने ठुलाे सम्भवना बडेकाे बताउनु भयाे । उहाँले खेलक्षेत्रमा अर्घाखाँचीकाे संगठनले गरेकाे अनुकरणीय काम र कृयाशिलताकाे प्रशंसा गर्दै याे क्षेत्रमा सहयाेग पुर्याउने पार्टी नेतृत्व लाई मनै देखि धन्यवाद ब्यक्त गर्नु भयाे ।
महासंघ जिल्ला अध्यक्ष हेनरी बस्नेत काे अध्यक्षतामा सम्पन्न अधिवेशनमा स्वागत सचिव अाशिष राना र सन्चालन उपाध्यक्ष लालबहादुर घ.म.ले गर्नु भएकाे थियाे ।
कार्यक्रममा बिशिस्ट अतिथि नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसालले शुभकामना ब्यक्त
गर्दै याे संगठन पार्टीकाे भातृ संगठनभएकाेले यहाँहरूले गर्ने कृयाकलापमा पार्टीको पूर्ण साथ सहयाेग रहने बताउँदै संगठनमा रहेर अनुशासित पार्टी कार्यकर्ता बन्दै निजी जीवन पनि समृद्ध बनाउन अाग्रह गर्नु भयाे । यसै गरि उद्घघाटन शत्रमा मन्तब्य राख्नु हुनेहरूमा खेलकुद महासंघ केन्द्रीय सदस्य नारायणी बि .सि . लुम्बिनी प्रदेश संयाेजक हिमाल श्रेष्ठ रहनु भएको थियाे । कार्यक्रममा सहिद प्रकाश महतकाे तस्बिरमा माल्यअर्पण र अबिर चडाएर सम्मान ब्यक्त गरिएकाे थियाे ।
कार्यक्रम मा नेकपा एमाले जिल्ला उपाध्यक्ष शम्भु प्रसाद पाख्रेल ,सचिव ताेज बहादुर रायमाझी ,कार्यालय सचिव लिलबहादुर बि.क .,खेलकुद महासंघ केन्द्रीय सदस्य जिल्ला ईन्चार्ज बिष्णु परियार , जिल्ला कमिटी सदस्य ऋषी पन्थी , फिराेज खनाल , लुम्बिनी प्रचार विभाग सदस्य नवीन के.सि.,रिटर्निङ्ग के. सचिव बसन्त के.सि., किसान महासंघ स्थाई कमटि सदस्य ठाकुर प्रसाद खनाल , राजसा महासंघ केन्द्रीय सदस्य शिव शाह , रिटर्निङ्ग लुम्बिनी प्रदेश सचिव राजेन्द्र पन्थी ,विशेष ईलाका कमिटि उपाध्यक्ष प्रेम भुसाल,मालारानीगाउँपालिका का.वा.अध्यक्ष बिष्णु मिश्र ,लगाएत जनसंगठनका प्रमुखहरूकाे अातिथ्यता रहेकाे थियाे ।
अधिवेशनले सर्वसम्मत रूपमा १९ सदस्यीय जिल्ला कमिटी निर्बाचित गरेकाे छ । जसकाे अध्यक्षमा हेनरि बस्नेत , उपाध्यक्षमा लाल बहादुर घम र देव बहादुर घर्ती , सचिब ( पछि पुर्ति गरिने ) उप सचिवमा राजन पन्थी र नारायण क्षेत्री ,काेषाध्यक्षमा ममता जि .सि. सदस्यहरूमा क्रमश अरूण श्रेष्ठ ,अाेम प्रकाश श्रेष्ठ ,कमला थापा ,अशाेक अाले मगर ,कुलराज खनाल ,प्रकाश घ .म. , ढकाल पन्थी ,चन्द्र श्रेष्ठ, राजेन्द्र पन्थी ,प्रस रास्काेटी ,अनुज पाण्डे ,चन्द्र पाण्डे रहनु भएको समाचार प्राप्त भएको छ ।