अर्घाखाँची । अखिल नेपाल महिला संघ सन्धिखर्क नगर समिति,अर्घाखाँचीकाे आयाेजनमा शुभकामना आदान-प्रदान तथा तिज मिलन कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बाेमबहादुर विकले ०८१ सालकाे तिजले नेपाली महिलाकाे अधिकार प्राप्तकाे थप टेवा पुग्ने आशा व्यत्त गर्नुभयाे ।
नेता विकले तिजकाे नाममा भित्रिएका विसगति अन्त्य बेलैमा पहल लिन महिलाहरूलाई अाग्रह गर्नुभयाे ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले अर्घाखाँची अध्यक्ष पिताम्वर भुसालले अनेमसघले राजनीति क्षेत्र मात्र नभइ कला सस्कृतिकाे सरक्षण गर्ने बताउनुभयाे । पर्वका नाममा समाजमा भित्रिएका विकृतिलाइ राेक्न अनेमसघले पहल कदमि लिनेछ भन्ने विश्वास व्यत्त गर्नुभयाे ।
अनेमसघ केन्द्रीय सचिवालय सदस्य तथा सघिय सासद विजुलि रायमाझीले विगतका दुख सुख कथा व्यथा पाेख्ने पर्वकाे रूपमा रहेकाेमा अहिले केही विकृति आएकाे भन्दै चिन्ता व्यत्त गर्नुभयो ।
नगर अध्यक्ष पार्वता भुसालकाे अध्यक्षता,सचिव आशा परियारकाे सञ्चालन,उपाध्यक्ष शुसिला भुसालकाे स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा एमालेका नेता कार्यकताकाे उल्लेखनीय उपस्थिति रहेकाे थियाे ।