१ पुस २०८२, मंगलबार
१ पुस २०८२, मंगलबार

एमाले जिल्ला कमिटीकाे पहिलाे बैठक सम्पन्न: ८ सदस्य सचिवालय गठन

भाद्र १३ ,सन्धिखर्क । नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे प्रथम पूर्ण बैठक सन्धिखर्कमा  बिहिबार सम्पन्न  भएकाे छ ।

पार्टी अध्यक्ष पिताम्बर भुसाल काे अध्यक्षता सचिव ताेज बहादुर रायमाझी  ( बिधान ) काे सन्चालन र उपाध्यक्ष सम्भु प्रसाद पाेख्रेल काे स्वागतमा नेकपा  एमाले केन्द्रीय कमिटी सदस्य तथा जिल्ला ईन्चार्ज बाेम बहादुर बि.क.काे प्रमुख अातिथ्यतामा बैठक  सम्पन्न  भएको  हाे ।
बैठकमा  केन्द्रीय कमिटी सदस्य तथा भारत प्रवास ईन्चार्ज  हरि घिमिरे , लुम्बिनी  प्रदेश अध्यक्ष राधाकृष्ण कणेल ,नेकपा एमाले सल्हाकार परिषद सचिवालय सदस्य लक्षमण रायमाझी ,सल्लाहकार परिषद सद्स्य नरेन्द्र कुमार क्षेत्री ,जनार्दन खनाल ,भोजबहादुर शाह, पार्टी प्रदेश कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य बिजुला रायमाझी लगाएतले मन्तब्य राख्दै बैठकले पारित गरेका निर्णयहरू  र  प्रदान गरेकाे जिम्मेवारी अनुशासित रूपमा कार्यन्वयन  गर्न निर्देशन गर्नु भएको थियाे ।बैठकमा   नेकपा एमाले प्रदेश समन्वय कमिटी सद्स्य चुरामणी खनाल , प्रदेश सदस्य कुट्मदिन अलि ,के .बि भुसाल ,वसन्त कुमार श्रेस्ठ ,भिम के. सि ,बसन्ता पौडेल ,मनिशर्मा पन्थी ,लुम्बिनी प्रदेश सल्लाहाकार परिषद सद्स्य दलबहादुर भट्टराई,धुर्ब पाण्डे,बाबुराम आचार्य,कासिराम अाचार्य लगायतको आतिथ्यता रहेको थियो ।


बैठकले गत जेठ २६ र २७ गते सम्पन्न  नबौ जिल्ला अधिबेशनको समिक्षा,पार्टी संगठित सदस्यताकाे स्थितिकाे बिष्लेशण ,पालिकाकामिटिहरुको जिम्मेवारी प्रदान ,जिल्ला  कमिटी सदस्यहरुको कार्य बिभाजन ,जनसंगठन,  बिभाग ,शाखा  कमिटीहरू, र वडा कमिटीहरूकाे  ईन्चार्ज र सह ईन्चार्ज तोकेको जिल्ला अध्यक्ष पिताम्वर भुसालले बताउनुभयाे ।
त्यसैगरि जिल्ला कमिटी पदाधिकारी र १ नम्बर क्षेत्रको संयोजक रामबहादुर रायमाझी,२ नम्बर क्षेत्रको संयोजक युबराज श्रेष्ठ ,कार्यालय सचिब लिलबहादुर बिक रहेको ८ सदस्य सचिवालय समेत गठन गरेको छ । पालिका अधिबेशन अशौज मसान्त  भित्र , ६१ वटै वडाको अधिबेशन कात्तिक मसान्तसम्म र अबधिपुगेका जनसंगठनहरुको अशौज १०  सम्म अधिवेशन  सम्पन्न गर्ने निर्णय गरेको जिल्ला सचिव ताेजबहादुर रायमाझीले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार