अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा छहरे खोलाले बगाउँदा बेपत्ता भएका एक युवाकाे शव फेला परेकाे छ । खोजतलास गर्ने क्रममा मगलवार साझ उमेश पाैडेलकाे शव फेला परेकाे हाे । शव झरना भन्दा पाँचसय मिटर तल खोलामा डुबिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतिकसिह राठाैरले जानकारी दिनुभयाे ।
कपिलवस्तुको बाणगंगा–२ का २३ वर्षीय किशोर रास्कोटी अझै बेपत्ता रहेका छन् । शितगंगा नगरपालिका–१३, सिमलपानीको बिचमा पर्ने छहारामा फोटो खिच्नेक्रममा उनिहरुलाई खोलाले बगाएको थियो ।
मंगलबार दिउँसो घुम्न निस्किएका चार जना झरनामा फोटो खिचाउन पुगेका थिए । झरनाले चारै जनालाई बगाएको भएपनि दुई जना पौडिएर बाँच्न सफल भएका थिए ।
दुई जना मध्ये एक जनाको शव फेला परेको र अर्का युवाको खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
खाेलाले बगाउँदा बेपत्ता मध्ये एककाे शव फेला
खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।
प्रतिक्रिया दिनुहोस्