९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

विकास निर्माणकाे काम गुणस्तरहिन गर्नेलाई छाड्दैनाै : मुख्यमन्त्री आर्चाय

अर्घाखाँची, । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आर्चायले विकास निर्माणकाे गुणस्तर कायम  सराेकारवालाइ निर्देशन दिनुभयाे ।


मालारानी गाउँपालिका अर्घाखाँचीले शुक्रवार आयाेजना गरेकाे बधाई स्वागत तथा भेटघाट कार्यक्रम बाेल्दै मुख्यमन्त्री आर्चायले समयमै काम नसक्ने तथा गुणस्तरहिन काम गर्नेलाइ सरकारले  नछाड्ने बताउनुभयाे ।


मुख्यमन्त्री आर्चायले लुम्बिनी सरकार शुसासन कायम गरि अव्वल बन्ने दावी गर्दै त्यसकाे सुरूवात मुख्यमन्त्री र मन्त्रीहरूकाे आचारसंहिता लागू गरेर सूरू गरिएकाे बताउनुभयाे । विगतमा विशिष्ट व्यत्तिहरूले पदबाट हटेपछि पनि सरकारबाट ल्याउने सबै खाले सुविधा कटाैटी गरि प्रदेश सरकारलाई आर्थिक भारबाट मुत्त गरिएकाे बताउनुभयाे ।


पुर्व आर्थिक याेजना मन्त्री समेत रहनु भएका मुख्यमन्त्री आर्चायले अघिल्लो सरकारले ल्याएकाे बजेटमा पुरक बजेट नआउने बताउँदै पुर्ण कार्यन्वयन गर्न सरकार लागि परेकाे बताउनुभयाे । सूरूवात भएका याेजनालाइ सम्पन्न गर्ने गरि सरकारले याेजना बनाइरहेकाे धारण राख्नुभयाे ।


मुख्यमन्त्री आर्चायले ठेकदारले काम गरेर पैसा नपाएकाे गुनासाे बारे आफू जानकार रहेकाे उल्लेख गर्दै लुम्बिनी प्रदेशमा त्याे समस्या हल गर्न सरकार प्रतिवद्व रहेकाे बताउनुभयाे ।

कार्यक्रममा मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई,गाउँपालिका प्रवत्ता तिलक मिश्र,गाउँकार्यपालिका सदस्य  लिलबहमदुर विक,नेपाली काग्रेस मालारानी गाँपालिका सभापति शाेभाखर खनाल,एमाले का.वा.अध्यक्ष विष्णु मिश्र लगायतले मन्तव्य राख्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार