२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

मुख्यमन्त्रिले गृह जिल्ला भित्राए सयाै नेता कार्यकता

अर्घाखाँची । विभिन्न पार्टी परित्याग गरि एमालेमा सयाै कार्यकतालाई लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य चेतनारायण आर्चायले पार्टी प्रवेश गराउनुभएकाे छ ।


नेकपा माअोवादी केन्द्रका पुर्व केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य मालारानी गाउँपालिका अध्यक्ष पदम क्षेत्री,प्रदेश सदस्य तथा भुमिकास्थान नगरपालिका अध्यक्ष नरेन्द्रमान मुखिया,जिल्ला सचिवालय सदस्य देवबहादुर खड्का,राष्ट्रिय जनमाेर्चा युवक सघका पुर्व केन्द्रीय उपाध्यक्ष जिल्ला सचिवालय सदस्य कविराम खनाल,देउराली यातायात समितका अध्यक्ष गाेविन्द्र बजान्डे सहितका १ सय ७३ जना माअोवादी,राजमाे र काग्रेस परित्याग गरि एमालेमा समाहित हुनुभएकाे हाे ।

मुख्यमन्त्री आर्चायले कम्युनिस्टकाे केन्द्र एमाले भएकाे उल्लेख गर्दै अलमल रहनु भएका सबैलाई एमालेमा समाहित हुन आग्रह गर्नुभयाे ।
जिल्लाकाे विकासका लागि आफुले कुनै कसर बाँकी नराख्ने बताउँदै सघ र प्रदेशमा सत प्रतिशत जित निकालेकाे स्मरण गर्दै आगामि निवार्चनमा सत प्रतिशत जित निकाल्न याे प्रवेश महत्त्वपूर्ण रहेकाे बताउनुभयाे ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बाेमबहादुर विक,जिल्ला अध्यक्ष पिताम्वर भुसाल,उपाध्यक्ष शम्भु प्राेखरेल,सचिव ताेजबहादुर रायमाझीले मन्तव्य राख्दै पार्टी समाहित हुने सबैलाई उचित जिम्मेवारी प्रदान गरिने प्रतिवद्वता जाहेर गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (80%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (20%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार