१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

सवारीसाधन टाईम कार्ड लागु

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँची सवारी साधनमा टाईम कार्ड लागू गरेकाे छ । सम्भावित दुर्घटना राेक्नका लागि टाईम कार्ड लागू गरेकाे हाे ।  सन्धिखर्क देखि पत्थरकोट सम्म बसकाे लागि ३ घण्टा १५ मिनेट र पत्थरकोट देखि सन्धिखर्क ३ घण्टा ३० मिनेटमा आउनु पर्ने प्रहरी प्रमुख चक्रबहादुर मल्लले जानकारी दिनुभयाे । यस्तै यात्रुवाहक हाईस,जीप तथा ईभिको लागि सन्धिखर्क देखि पत्थरकोट सम्म २ घण्टा १५ मिनेट,पत्थरकोट देखि सन्धिखर्क २ घण्टा ४५ मिनेटमा पुग्नु पर्ने भएकाे छ । टाईम कार्डले सवारी हतार हतार गरि हिड्न  समस्या हल हुने भएकाले दुर्घटनामा कमि हुने प्रहरीको विश्वास रहेकाे छ ।
विजया दशमी,दीपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै यात्रुहरुको अत्याधिक चाप बढ्ने भएकोले यात्रुहरुको समस्या समाधान तथा गुनासो सुनुवाई गरी यात्रुहरुलाई सहजता प्रदान गर्न यात्रु सहायत कक्ष सुरू गरिएकाे छ ।  जिल्लाकाे अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. ०१ शान्ति बगैचा स्थित तथा ठाडा ईलाका प्रहरी कार्यालयले ठाडामा यात्रु सहायता कक्ष सुरू गरिएकाे हाे  जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त सहकार्यमा सञ्चालन गरिएका यात्रु कक्षबाट यात्रुका सबै समस्याकाे समाधान गरिने जनाईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार