९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

सन्धिखर्क नगरपालिकाले दुर्घटना न्युनिकरणका लागि खाडलहरू पुरिदै

अर्घाखाँची। अविरल वर्षा सगै कठिन बनेका सडक सहज बनाउन थालिएको छ । सन्धिखर्क नगरपालिकाले अविरल बर्षाले अवरूद्व भएका सडक वाडतहमा तथा सवारी साधनको आवाजजावातले सडकमा परेका खाडलहरु पुर्न शुरु गरिएको हाे ।
सन्धिखर्क नगरपालिकाले उपलब्ध गराएको साधन स्रोत र शसस्त्र प्रहरीको म्यान पावर प्रयोग गरेर सडकमा परेका खाल्डाखुल्डी पुर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिनुभयाे । विजय दशमि सगै नगरवासि आउने क्रम रहेकाले सहज यातायातका लागि गाउँटाेल सहरका सडक खुलाउने काम भईरहेकाे भुसालकाे भनाई रहेकाे छ ।
सडकमा परेका खाल्डाखुल्डीले सडक दुर्घटना बढ्ने भएपछि दुर्घटना नयुनीकरणका लागि सन्धिखर्क र चुत्राबेसी बजारका मेन रोड तथा मुख्य सडकमा खाल्डाखुल्डी पुर्न शुरु गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो ।
विजया दशमी तथा आउदै गरेका चाडबाडलाइ लक्षित गरेर सडक मर्मतसुधार गर्न थालिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार