अर्घाखाँची। अर्घाखाँचीका २ स्थानीय तहमा प्लास्टिकबाट तयार भएका मालामा प्रतिवन्ध लगाईएकाे छ । सन्धिखर्क नगरपालिका र शितगँगा नगरपालिकाले प्लास्टिकबाट निर्माण भएका मालामा प्रतिबन्ध लगाएकाे हाे ।
प्लास्टिकबाट बनेका मालाले वातावरण असर पर्ने तथा स्थानिय स्त्तरमा उप्पादन भएका मालालाइ प्राेत्साहन गर्ने अभिप्रायले प्रतिवन्ध गरिएकाे सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयाे । कात्तिक १४ गते पछि बजारमा अनुगमन गरि प्लास्टिक माला जफत गरिने प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयाे ।
स्थानीय उप्पादनलाइ प्राथमिक दिएकाे भन्दै पुष्प व्यवसायी भने खुसि भएका छन् । जिल्ला उप्पादन भएकाे फुल खपत हुने भएपछि जिल्लाकाे रूपैया जिल्लामै रहने भएकाे छ ।