अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेकाे छ । किसानलाई १ सय २० क्विन्टल उन्नत जातको गँहुको बीउ वितरण गरेको हाे ।
कृषि समूह सहकारी र व्यक्तिगत फर्मको निवेदनका आधारमा २ सय ८५ जना किसानलाई ९० क्विन्टल ‘गौतम’ र ३० क्विन्टल ‘स्वर्गद्वरी’ नामको गँहुको बीउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिनुभयाे ।
व्यावसायिक रूपमा कृषि गर्दै आएका किसानलाई अनुदानमा गहुँको बीउ वितरण भएपछि याे वर्ष गहु उप्पादन बढ्ने आकलन गरिएकाे छ । कृषिमा उप्पादन बढाउने हिसावले नीति तथा कार्यक्रममा समावेश गरि याेजना बनाइएकाे नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयाे ।
किसानलाई ५० प्रतिशत गँहु अनुदान
प्रतिक्रिया दिनुहोस्