२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

बस दुर्घटनाको सत्यतथ्य छानबिनको माग राख्दै धर्ना,प्रदर्शन

घटनाकाे सत्यतथ्य छानबिनको माग राख्दै धर्ना
अर्घाखाँची । बस दुर्घटनाको सत्यतथ्य छानबिनको माग राख्दै पिडितका आफन्त जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका छन् ।
सामान्य घाइते तथा स्थानीयले अहिलेसम्म घटनाको प्रहरी प्रशासनले वास्तविक अनुसन्धान नगरेको र चालकको खोजीकार्यमा चासो नदेखाएको भन्दै नाराबाजी गरेका छन् ।  जिल्ला प्रशासन कार्यालय गेट अगाडि र प्रहरी कार्यालयभित्र नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् ।
प्रहरी प्रशासनले घटनाको छानबिन र चालक पक्राउ गर्न ढिलासुस्ती गरेको खासै चासो नदेखाए जस्तो गरेकोले विरोध प्रदर्शनमा उत्रिनु परेको घाइते प्रकाश बेल्वासेले बताउनुभयाे ।
जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लले प्रमुख घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बसका मालिकलाइ प्रकाउ गरिसकेकाे बताउनुभयाे ।
फरार रहेका चालककाे खाेजि गर्नकाे लागि प्रहरी निरिक्षककाे कमानमा टाेलि परिचालन भईरहेकाे जानकारी दिनुभयाे ।
भूमिकास्थान नगरपालिका-५ र ६ सीमाना खिल्जीको उदयठाँटीमा देउसीभैलो खेलिरहेका कलाकार माथि ना ३ ख २४७१ बसले किच्दा साेमवार दुई जनाको मृत्यु र ३७ जना घाइते भएका थिए । त्यसमध्ये १० जना गम्भीर घाइतेलाई थप उपचारका लागि अर्घाखाँची अस्पतालले सोमबार नै बुटवल रिफर गरेको थियो ।
खिल्जीमा पाटी, आमा समूह, महिला समूह, क्लबसहित विभित्र समूह गरी २५ भन्दा बढी समूहमा छुट्टाछुट्टै देउसी भैलो खेल्ने क्रममा एक्कासी बस नाचिरहेका कलाकारमाथि आएर किचेको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार